View Point Long Banner Ad

त्रिवि उपकुलपतिको सर्टलिस्टमा १४ जना, को-को परे ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको लागि नाम सिफारिस गर्न गठित समितिले १४ जनाको नाम सार्वजनिक गरेको छ।

उपकुलपतिको लागि भएको खुला विज्ञापनमा ४३ जनाले दर्खास्त दिएकोमा १५ जनाको नाम सर्टलिट गर्नु पर्नेमा १४ जनाको मात्रै नाम समावेश छ। उपकुलपति छनोट कार्यविधिमा १५ जना गर्ने भनिए पनि १४ जना मात्रै योग्य भएको एक सदस्यले बताए।

सर्टलिष्ट हुनेमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक तीर्थ खनियाँ पनि परेका छन्। खनियाँले २००४ मा इन्टरनेट टीएइसएल जर्नलमा लेखेको ‘इएफएल कक्षा कोठामा प्रामाणिक सामग्रीको प्रयोग’ शीर्षकको लेखको अन्तिम भागमा फेरिट किलिक्कियाको लेखबाट हुबहु कपी पेस्ट गरेको आरोप लागको छ।

उपकुलपतिको सर्ट लिस्टमा पर्नेमा त्रिवि मानविकी संकायकी डिन कुशुम शाक्य पनि छिन्। ४३ जनाले दर्खास्त दिएकोमा उनी सहित दुई जना महिला थिए। त्यस्तै पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल, त्रिवि कीर्तिपुर क्याम्पसका पूर्व प्रमुख गोविन्द सुवेदी, त्रिवि शिक्षा संकायका डिन चित्र बहादुर बुढाथोकी, त्रिविकै इतिहासका प्राध्यापक ज्ञानेन्द्र प्रसाद पौड्याल पनि सर्ट लिस्टमा परेका छन्।

समितिले सार्वजनिक गरेको लिस्टमा केन्द्रीय गणित विभागका प्रमुख टंकनाथ धमला, पूर्व सह परीक्षा नियन्त्रक नारायण प्रसाद वेलवासे, माइक्रोबाइलोजी विभागका पूर्वप्रमुख प्रकाश घिमिरे, व्यवस्थापन विभागका पूर्व प्रमुख भोजराज अर्याल छन् । त्यस्तै जनसङ्ख्या विषयका प्राध्यापक महेन्द्र प्रसाद शर्मा, रसायन शास्त्र विभागका पूर्व प्रमुख रामचन्द्र बस्नेत, कार्यवाहक उपकुलपति शिवलाल भुसाल र अर्थशास्त्रका प्राध्यापक सूर्यबहादुर थापा उपकुलपति प्रतिस्पर्धाको सर्ट लिस्टमा अटाएका छन्।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...