View Point Long Banner Ad

चितवनमा राष्ट्रिय चिया प्रदशनी हुँदै

चितवन । चितवनमा आज देखि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टीङग कार्यक्रम हुने भएको छ।

नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सह आयोजना, भरतपुर महानगरपालिकाको प्रवर्द्धक सहयोग र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ(संस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा यही माघ २६ र २७ गते नारायणी नदी किनार हुने आज पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ ।

प्रदर्शनीमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी तथा नेपालमा उत्पादित बिभिन्न ब्राण्डको चियाको निस्शुल्क स्वाद लिन पाइने छ ।

स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ, भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउने र यसका फाइदाहरूको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टीङग कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ। उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसालले गर्नेछन् ।

नेपालका सम्पूर्ण चिया व्यवसायीहरूको प्रत्यक्ष उपस्थितिमा नेपालमा दोस्रो र चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनी कार्यक्रममा चियाका मुख्य जिल्लाहरू झापा, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, ललितपुर, कास्की देखि पश्चिम सम्म उत्पादित चियाको प्रदर्शन हुनेछ।

नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समय देखि कार्य गर्दै आएका निजी क्षेत्रमा आबद्ध चिया व्यवसायीहरूबाट उत्पादित चियाका ब्राण्डहरुको मुख्य रूपमा सहभागिता रहने सो कार्यक्रममा १०० भन्दा बढी चिया व्यवसायीहरूको सहभागिता रहने छ।

नेपालमा संस्थागत रूपमा आबद्ध रही उत्पादित विभिन्न चियाका ब्राण्डहरु सहित ३२ वटा स्टलहरू रहने छन्। अवलोकन कर्ताहरूले प्रत्यक्ष रूपमा निस्शुल्क रूपमा स्वदेशमा उत्पादित विभिन्न थरीका चियाको स्वाद लिएर जानकारी हासिल गर्न सक्ने छन् भने चियाबाट स्वास्थ्यमा हुने फाइदाहरूको विषयमा पनि यथेष्ट जानकारी हासिल गर्न सक्ने छन् ।

हाल नेपालमा वार्षिक रूपमा ३०० ग्राम प्रतिव्यक्ति चियाको खपत भइरहेको छ तर यो तथ्याङ्क अन्य राष्ट्रहरूको तुलनामा निकै कम रहेको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...