View Point Long Banner Ad

कमल गाउँलेको २३ वर्षदेखि ‘गाईजात्रा’को यात्रा

२३ वर्षदेखि ‘गाईजात्रा’
हरेक वर्ष गाईजात्राको समयमा हाँस्यव्यंग्यमा व्यस्त रहने कमल गाउँले भन्छन्, ‘नेताहरू दिनदिनै जात्रा गरिरहेका छन् । हामीले एक दिन गाईजात्रा मनाउने हो । सधैं व्यंग्य गर्न, गुनासो गर्न पाइँदैन । एक दिन भए पनि नेताका गलत प्रवृत्तिविरुद्ध त बोल्नुपर्‍यो नि ।’

 

दाङ — गर्नु गर्‍यौ बलराम भैंसी पालेर
दुनियाँलाई ढाटेर
खाटी दूधमा पानी हालेर
राजु परियार र विष्णु माझीले गाएको यो गीतमा अभिनय गरेपछि कलाकार कमल गाउँलेलाई काठमाडौं ओहोरदोहोर गर्नेक्रममा चितवनको मुग्लिङमा उत्रिएर खाना खानसमेत सकस भयो । दूधमा पानी मिसाएर आफूहरूको बेइज्जत गरिदिएको भन्दै किसानले उनलाई गाली गर्न थाले ।

कतिपय ठाउँमा उनलाई भेष बदलेर लुकीलुकी हिँड्नुपर्‍यो । गीतमा उनको अभिनयले चर्चाको चुलीमा पुर्‍यायो । गायकलाई मात्र नभई अभिनय गर्ने पात्रलाई दर्शकले धेरै याद गरे ।

 

कमलको परिचय फेरियो, दूधमा पानी मिसाउने ‘बलराम’ नै चिनारी बन्यो । त्यसले उनलाई कला क्षेत्रलाई नै निरन्तरता दिने ऊर्जा पनि थपिदियो । तीतो सत्य, मदनबहादुर–हरिबहादुर लगायतका दर्जनौं टेलिसिरियल र सयौं म्युजिक भिडियोमा गाउँलेले अभिनय गरे । ‘उहिले बाजेको पालामा’, ‘देवयानी’, ‘चन्द्र सूर्य’, ‘खबरदार’, ‘प्रेमनाथ’ ‘ढुकुटी’, ‘हली’, ‘कुम्भकरण’, ‘पण्डित बाजेको लौरी’, ‘छक्का पञ्जा’, ‘छ माया छपक्कै’ लगायतका चलचित्रमार्फत उनले ठूलो पर्दामा पनि अभिनय गरे ।

गाउँले मानिसको भूमिकामा कमलले जीवन्त अभिनय गरेका छन् । कहिले आरने दाइ, कहिले कपडा सिलाउने दाइ त कहिले किसान । यस्ता अनेकौं ‘गाउँले पात्र’ को भूमिकामा अभिनय गर्दागर्दै उनको पहिचान नै गाउँले भयो । खास नाम कमल अर्याल भए पनि उनको अभिनय भूमिकाले उनी गाउँले पात्र भए अनि नाम मात्र होइन, पहिचान नै गाउँले । अहिले उनलाई कमल अर्याल भन्दा कमैले चिन्छन् । कमल गाउँले नै उनको कलाकारिताको मात्रै होइन, जीवनकै परिचय भएको छ ।

लामो समय काठमाडौंमा बसेर विभिन्न टेलिफिल्म, फिल्म र म्युजिक भिडियोमा अभिनय गरेका उनले अहिले घोराही उपमहानगर–१८ मसिनास्थित आफ्नै घरमा बसेर गाईजात्राको हाँस्यव्यंग्य सिर्जनामा व्यस्त छन् । २३ वर्षदेखि निरन्तर एक्लै गाईजात्राको एल्बमरभिडियो सार्वजनिक गरिरहेका छन् । यस वर्ष पनि उनले ‘काण्ड–काण्डको देश’ नामको २३ औं गाईजात्रे भिडियो बनाएर गत शुक्रबार कमल गाउँले युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

 

सुरुमा क्यासेट रेकर्ड गरेर आफैं बेच्दै पनि हिडें कलम । त्यो क्रम ५ वर्षसम्म चल्यो । त्यसपछि समयसँगै भिसिडी वितरण गर्न थाले । त्यसपछि युट्युबको जमाना आयो । अनि उनले पछिल्लो प्रविधि पछ्याउँदै युट्युबमा राख्न थाले । ‘हाँस्यव्यंग्य नै मेरो कर्म क्षेत्र भयो । सुरुमा मादल बजाउँदै काठमाडौं छिरेको थिए, पछि हाँस्यव्यंग्यमा रस पसेपछि यसैमा निरन्तर लागिरहेको छु,’ कमलले भने, ‘गाईजात्रे सामग्री त मेरो हरेक वर्षको महत्त्वपूर्ण उत्पादन भएको छ । म यसलाई निरन्तर चलाइरहन्छु ।’

नाफा कमाउने उद्देश्यभन्दा समसामयिक राजनीतिक र सामाजिक विकृतिलाई व्यंग्य गर्न निरन्तर गाईजात्रे सामग्री तयार पार्ने गरेको उनको भनाइ छ । पछिल्लो समय युट्युबमा दर्शक बढ्दा पैसा कमाउन सकिन्छ तर अन्य सामाजिक सञ्जालमा हालिदिने भएकाले युट्युबमा भ्युज कम हुने गरेको उनको गुनासो छ । ‘एउटा भिडियो बनाउन एक लाखभन्दा बढी खर्च हुन्छ तर आम्दानी गर्न समस्या छ,’ उनले भने, ‘कलाकार बाँच्ने नै आफ्नो सिर्जनाबाट हो तर यहाँ सिर्जना पनि चोरेर व्यापार गर्ने क्रम बढेको छ ।’

गाईजात्रालाई उनी महत्त्वपूर्ण पर्वका रूपमा लिन्छन् । ‘नेताहरू दिनदिनै जात्रा गरिरहेका छन् । हामीले एक दिन गाईजात्रा मनाउने हो । सधैं गाली गर्न, गुनासो गर्न पाइँदैन,’ उनले भने, ‘वर्षमा एक दिन भए पनि नेताहरूको गलत प्रवृत्तिविरुद्ध बोल्न पाइन्छ । समाजका विकृति औंल्याउन पाइन्छ ।’ पहिलेपहिले कलाकारिता गर्न काठमाडौंमै बस्नुपर्ने बाध्यता भए पनि अहिले प्रविधिको विकासले जहाँबाट पनि कला देखाउन सकिने उनी बताउँछन् । त्यसैले आफ्नै जिल्लामा बसेर विभिन्न सामग्री उत्पादन गरिरहेको उनको भनाइ छ । त्यसो त, बेलाबेला फिल्म र भिडियोमा अभिनय गर्ने अवसर आए काठमाडौंतिर दौडन्छन् उनी । काम सकिएपछि भने फेरि जिल्लामै फर्केर सिर्जनामा लाग्छन् ।

 

कमलले २०५० सालमा जिल्लाकै नवयुग नाट्य समूहबाट कला यात्रा सुरु गरेका थिए । समूहले जिल्लाका विभिन्न गाउँमा पुगेर सडक नाटक देखाउने गर्थ्यो । समूहमा कर्णप्रिय प्रकृति धिताल, मथुराप्रसाद श्रेष्ठ, अजित लामिछाने लगायतका कलाकार थिए । २०५४ मा दाजु भरत अर्यालले सांगीतिक प्रशिक्षण लिन उनलाई काठमाडौं पठाए । मोदनाथ प्रश्रित अध्यक्ष र जेबी टुहुरे उपाध्यक्ष रहेको जनसांस्कृतिक मञ्चले सञ्चालन गरेको प्रशिक्षणमा उनले राप्ती अञ्चलको प्रतिनिधित्व गर्दै मादल, सारंगी बजाउन र गीत गाउन सिके ।

सांगीतिक प्रशिक्षण लिँदालिँदै उनलाई ‘बलिदान’ चलचित्रमा देखिने मौका मिलेको थियो । ‘एक वर्षसम्म मञ्चको प्रशिक्षण लिँदा काठमाडौंका गल्लीहरू चिन्न पाएँ । कलाकारिता सिक्न पाइयो,’ उनले भने, ‘त्यसपछि कलाकारिताको नसा झनै चढ्यो ।’ २०५७ मा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा सहभागी भई उनले त्यसै वर्ष स्वर परीक्षा उत्तीर्ण गरे । २०५८ देखि एक वर्षसम्म सांस्कृतिक संस्थानमा अभिनयको कक्षा लिए ।

 

अभिनय सिक्दासिक्दै उनले नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय नाटक महोत्सवमा थुप्रै नाटकमा अभिनय गरे । नाटक लेखन र निर्देशनका कामहरू पनि गरे । त्यस क्रममा धेरै पुरस्कारहरू पनि पाए । २०६० मा राष्ट्रिय मादल प्रतियोगितामा सहभागी भई देशकै उत्कृष्ट भए । ‘त्यसपछि मलाई काठमाडौंमै बसिरहन सजिलो भयो । दोहोरी साँझहरूमा मादल बजाउन थालें,’ उनले भने, ‘रातभर दोहोरीमा काम गर्ने र दिनभर फिल्म, सिरियलहरू खेल्न थालें ।’

यति धेरै विधालाई सँगसँगै लैजाँदा पनि उनले हाँस्यव्यंग्यलाई छोड्नै सकेनन् । उनले दर्जनौं प्यारोडी गीत गाए । हाँस्यव्यंग्य गर्ने क्रममा गाउँलेले देशका विभिन्न जिल्लाका साथै दर्जनौं मुलुकको यात्रा गरिसकेका छन् । ‘कलाकारिताबाट मलाई धेरै नै आत्मसन्तुष्टि छ । दर्शकहरूको माया पाएको छु,’ उनले भने, ‘जनतालाई हँसाउन पाएको छु । मेरो पहिचान नै गाउँले हो । म गाउँघरकै पात्रका कथा बोकेर बाँचिरहेको छु, बाँचिरहनेछु ।’

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...