View Point Long Banner Ad

‘नांगो गाउँ’को ट्रेलर स् राजनीतिक खेलको कथा

 

भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । चार मिनेट लामो ट्रेलरले जसरी पनि चुनाव जितेर गाउँको विकास गर्ने अड्डी कसेका दुई उम्मेदवारको राजनीतिक खेलको कथा पेश गर्छ ।

राजनीतिलाई स्वर्ग देख्ने शिक्षक पासाङ लामा जो गाउँको विकास गर्ने उद्देश्य लिएर उम्मेदवार बनेको छ । यो भूमिकामा दयाहाङ राईले अभिनय गरेका छन् । जरी लामा (शिशिर बाङ्देल) जो चुनाव जितेर पारिवारिक विरासतलाई निरन्तरता दिन चाहन्छ ।

 

फिल्मको केन्द्रीय द्वन्द्व दुई उम्मेदवारले चुनाव जित्नु गर्ने दाउपेचको संघर्ष हो । राजनीतिले परिवार र पात्रको सम्बन्धमा ल्याउने उतारचढावको कथावस्तु पनि यसले पेश गर्छ । जरी लामा पात्र पासाङ तामाङलाई चुनौती दिन्छ, जसले चुनाव हार्छ, ऊ भोट गन्ने ठाउँबाट सर्वांग नांगो भएर जान्छ ।’ यो डायलगले फिल्मको द्धन्द्धलाई चित्रण गर्छ ।

अर्कोतिर पैसा बिना चुनाव जितेर जसरी पनि जितेर देखाउन खोज्ने पासाङ लामा छ । गाउँको सेटिङमा छायांकन गरिएको फिल्ममा दयाहाङ र शिशिरसहित मिरुना मगर, कार्म, साम्राज्ञी शाह लगायतको अभिनय छ । निर्देशक दीपेन्द्र लामाले अघिल्लो फिल्म ‘छ माया छपक्कै’मा पनि ग्रामीण राजनीतिको कथावस्तु पेश गरेका थिए ।

फिल्मको पटकथा लेखन र निर्देशक दीपेन्द्र लामाको छ । जय श्रेष्ठले क्लर्क वर्क क्रियसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...