इलामको विपद्बारे सुहाङले कुलमानलाई गराए जानकारी
काठमाडौँ । एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षापछि इलाम लगायतका जिल्लामा भएको जनधनको क्षति, राहत तथा पुनर्स्थापनाबारे मन्त्री कुलमान घिसिङसँग छलफल गरेका छन् ।
भदौ १८ र १९ गतेको अविरल वर्षापछि इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन् । घरहरू क्षतविक्षत भएका छन्, सडक भत्किएर अवरुद्ध छ । विद्युत् आपूर्ति र सञ्चार सेवामा समेत अवरोध उत्पन्न भएको छ । ‘इलाममा भएको मानवीय र भौतिक क्षतिको विषयमा जानकारी दिने लिने र त्यसको व्यवस्थापनका लागि भइरहेका कामहरूबारे छलफल गरियो’, मन्त्री घिसिङसँगको भेटपछि सुहाङले भने, ‘विपदमा भएको घटना र क्षतिको विषयमा पनि समीक्षा भयो र तत्काल बाँकी रहेका उद्धार तथा क्षतिपूर्तिका विषयमा पुनः ध्यानाकर्षण गराइयो ।’
इलामका प्रत्येक नागरिकको सुरक्षा, पुनर्स्थापना र मनोबलका लागि म सम्बन्धित निकायहरूसँग निरन्तर समन्वयमा छु ।
वि.सं.२०८२ असोज २० सोमवार १९:२५
















