View Point Long Banner Ad

निर्वाचन आयोगले तयार पार्‍यो चुनावी कार्यक्रमको खाका

२० असोज, काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यक्रम तालिकाको खाका बनिसकेको छ ।

निर्वाचन आयोगमा तयार भएको कार्यक्रमको खाकामाथि पदाधिकारीहरुले छलफल गरिरहेका छन् । आयोग स्रोतले भन्यो, ‘पदाधिकारीहरुको बैठक टुंगिनासाथ कार्यक्रम तालिका सार्वजनिक हुनसक्छ ।’

आयोगसम्वद्ध स्रोतका अनुसार, नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्मको समयसीमा तोक्ने तयारी छ । त्यसपछि दर्ता हुने दलले आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन पाउने छैनन् ।

आयोगले त्यसपछि निर्वाचन प्रयोजनका लागि फेरि दल दर्ताको आह्वान गर्नेछ । त्यसका लागि १० मंसिर हाराहारीको समय तोक्ने तयारी छ । नयाँ दर्ता हुने दलहरुले पनि त्यही समयभित्र फेरि निर्वाचनका लागि दर्ता गर्नुपर्नेछ ।

आयोगले करिब डेढ महिनाको समय राखेर उम्मेद्वारहरुको मनोनयन मिति तोक्नेगरी छलफल अघि बढाएको छ । माघको पहिलो साताभित्र उम्मेद्वारहरुले मनोनयन दर्ता गर्नुपर्नेछ ।

विगतका निर्वाचनमा मनोनयन दर्ता गर्नासाथ उम्मेद्वारहरु प्रचारप्रसारमा जान पाउँथे । यसपटक निर्वाचन आयोगलाई त्यसलाई साँघुरो बनाउने तयारी गरेको छ ।

उम्मेद्वारहरुले भौतिक रुपमा निर्वाचन प्रचारप्रसारका लागि करिव १५ दिनको समय मात्रै पाउनेगरी अवधि तोक्नेबारे आयोगमा छलफल चलेको छ ।

त्यसो हुँदा ६ फागुनभन्दा अघि उम्मेद्वारहरुले भौतिक रुपमा सभा सम्मेलन, प्रचारप्रसार र कोणसभा गर्न पाउने छैनन् ।

‘खर्चिलो प्रचारप्रसारका कारण बेथिती बढ्यो भनेर विगतमा व्यापक गुनासो आएको थियो’ आयोगसम्वद्ध स्रोतले भन्यो, ‘त्यसैले निर्वाचन प्रचारप्रसारका लागि दुई साताभन्दा बढी समय राख्नुहुँदैन भन्ने कुरा आएको छ । त्यसै अनुसार नै कार्यक्रम तालिकाको खाका बनेको हो ।’

आयोगको बैठकले निर्वाचन कार्यक्रम तालिका तयार गरेपछि मंगलबार बृहत छलफल गर्ने तयारी छ ।

प्रधानमन्त्रीको उपस्थितीमा आयोगका पदाधिकारीहरुसहित सबै मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, मुख्यसचिवसहित सबै सचिवहरुको बैठकमा निर्वाचन तयारीबारे छलफल गर्ने योजना बनेको हो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...