View Point Long Banner Ad

मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेशसभा स्थगित

१० माघ, काठमाडौं। मधेश प्रदेश सरकारले पेश गरेको प्रदेशको सरकारी कामकाजीको भाषा विधेयक, २०८१ सच्याएर ल्याउन सत्ता र प्रतिपक्षी दलका सांसदहरूले माग गरेका छन् ।

बुधबार शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई सरकारी कामकाजको भाषा बनाउन प्रस्ताव पेश गरेकी थिइन् ।

 

बिहीबार प्रदेश सभाको बैठक सुरू हुने वित्तिकै सत्ताघटक एमालेका सांसद राजेन्द्र चौधरीले बुधबार सदनमा पेश विधेयकमा थारू लगायतका मातृभाषालाई नसमेटी ल्याएको विधेयक सच्याउन माग गरे ।

यसका साथै सत्ताधारी दल कांग्रेस, जनमत का सांसदहरूले पनि पालैपालो उठेर विधेयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन् । उनीहरूले बिना छलफल नै मातृभाषालाई नमेटेर विधेयक ल्याएको भन्द‍ै मधेशका सबै मातृभाषालाई समेट्न माग गरेका छन् ।

 

यस्तै मुस्लिम, मगही, मगर भाषामा बोलेर सांसदहरूले मातृभाषालाई मारेर प्रदेशको विकास सम्भव नभएको भन्‍दै विधेयक संशोधन गर्न माग गरेका छन् ।

यसअघि मगही समुदायले जनकपुर चोकमा विधेयकमा मगही भााषा मसमावेश गर्न माग गर्दै मसाल जुलुस निकाले छन् भने सदन बाहिर गेटमा थारू सांसदहरूले प्रदर्शन गरेका थिए ।

प्रदेश सभा बैठकमा सांसदहरूले बोलिरहँदा सभामुखले १० मिनेटका बैठक स्थगित गरेका छन् ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...