View Point Long Banner Ad

ओली सरकार लामो समय टिक्दैन ः प्रचण्ड

 

१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लामो समयसम्म नजाने दोहोर्‍याएका छन् । यद्यपि, माओवादीको ध्यान अहिले सरकारमा जाने नभएको उनको दावी भनाइ छ ।

सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले अवैध ढंगले सरकार जन्मिएकाले पनि यो सरकार धेरै लामो समयसम्म नजाने बताएका हुन् ।

 

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पछिल्ला दिन कांग्रेस–एमाले नेतृत्वको सरकार लामो समय नचल्ने बताउँदै आएका छन् ।

‘यो सरकारको जन्म नै अवैध ढंगले भएको छ,’ उनले भने, ‘सरकार लोकतान्त्रिक मान्यताविपरीत छ । संविधान र जनताको भावनाविपरीत छ । त्यसैले सुरुदेखि नै मैले भन्दै आएको छु यो धेरै लामो जानेवाला छैन ।’

 

केही दिनअघि भरतपुर विमानस्थलमा कांग्रेस नेताहरूमा डा। शशांक कोइराला र डा। चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर पनि प्रचण्डले सरकार लामो समय नजाने बताएका थिए ।

सरकारको जन्म नै संविधान र जनताको भावनाविपरीत रहेकाले सरकार लामो समय नचल्ने प्रचण्डले दावी गरेका छन् ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी एमालेभित्र पनि निकै ठूलो उकुसमुकुस देखिएको दावी गर्दै सरकार सामान्य ढंगले नभई जबरजस्ती चलाइएको जिकिर गरे ।

माओवादीको ध्यान अहिले सरकारतर्फ नभई जनतातर्फ केन्द्रित रहेको उनले दावी गरे । ‘सरकार ढाल्नका लागि सक्रिय भूमिकामा छैनौँ । विपक्षी भूमिका नै अहिलेलाई ठीक छ,’ अध्यक्ष प्रचण्डले भने ।

यो सरकार पनि चल्दैन र माओवादी केन्द्र पनि सरकारमा जाँदैन । त्यसपछि के हुन्छ रु भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले त्यस्तो अवस्था आए सत्ता साझेदार बन्न सक्ने स्पष्ट पारे । ‘शशांकजी र चन्द्रजीसँग भनेको जस्तै हुन्छ, साझेदारी त हुन सक्छ,।’ प्रचण्डले भने ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...