View Point Long Banner Ad

भैरहवामा दुई विदेशी वायुसेवा निरन्तर उड्ने, एउटाको एक महिना स्थगन

 

 

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेका तीन विदेशी वायुसेवा कम्पनीमध्ये दुईले निरन्तर उडान गर्ने र एउटाले एक महिना स्थगन गर्ने भएका छन् ।

तीनवटै वायुसेवा कम्पनीले मौसमको कारण देखाउँदै उडान नगर्ने भन्दै उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार छलफलमा बोलाएका थिए ।

 

युनाइटेड अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको थाई एयर एसियाले भैरहवामा उडान स्थगन गर्ने पत्राचार गरेका थिए ।

त्यसपछि प्राधिकरण महानिर्देशक अधिकारीले ती तीन वायुसेवाका नेपालस्थित प्रतिनिधिसँग छलफल गरेका हुन् ।

 

छलफलपछि थाई एयर एसिया र जजिरा एयरवेजले भैरहवाका लागि निरन्तर नियमित उडान गर्ने सहमति गरेको र फ्लाई दुबईले एक महिनाका लागिमात्र उडान स्थगन गर्ने बताएको महानिर्देशक अधिकारीले जानकारी दिए ।

 

‘तीनवटै वायुसेवाका प्रतिनिधिसँग छलफल भयो । उनीहरूसँग राम्रै कुराकानी भयो,’ महानिर्देशक अधिकारीले अनलाइनखबरसँग भने, ‘फ्लाई दुबईले एक महिनापछि दैनिक एक उडान गर्ने बतायो । अरू दुईले भने निरन्तर उडान गर्ने बताए ।’

थाई एयर एसियाले प्रत्येक साता गरिरहेको तीन उडानमा एक कटौती गरी दुई निरन्तर गर्ने र सकेसम्म अर्को उडान सञ्चालन गर्ने प्रयास जारी रहने बताएको अधिकारीले जानकारी दिए ।

जाडो मौसम सुरु भएपछि बाक्लो हुस्सुका कारण पछिल्लो समय भैरहवा विमानस्थलको भिजिबिलिटी १ हजार २ सय मिटरसम्म हुने गरेको छ । ठूला जहाज उडान–अवतरणका लागि यो पर्याप्त भिजिबिलिटी होइन । ठूला जहाजका लागि कम्तीमा १ हजार ८ सय मिटर भिजिबिलिटी चाहिन्छ ।

भैरहवा विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइजेसन रिक्वायर्ड’ आरएनपीएआर प्रणाली जडान नभएका कारण न्यून भिजिबिलिटीमा उडान–अवतरण गर्न नसकिएको हो ।

आरएनपीएआर प्रणाली जडान भएपछि न्यूनतम ८ सय मिटर भिजिबिलिटी हुँदा पनि ठूला जहाज सजिलै उडान–अवतरण गर्न सक्छन् ।

प्राधिकरणका अनुसार डिसेम्बर १२ मा भैरहवा विमानस्थलमा आरएनपीएआर प्रणाली रहेको ग्लोबल्ली प्रकाशित हुन्छ । त्यसको ४२ दिनपछि आरएनपीएआर प्रणालीमार्फत उडान–अवतरण गर्न मिल्छ ।

हाल भैरहवामा फ्लाई दुबई, जजिरा र थाई एयर एसियाबाहके नेपाल वायुसेवा निगमले नियमित उडान गरिरहेका छन् । कतारको कतार एयरवेजले भने ३० नोभेम्बरसम्म मात्र नियमित उडान गर्ने अग्रिम जानकारी दिएर भैरहवाबाट फिर्ता भइसकेको छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...