View Point Long Banner Ad

डा. केशवराज भुर्तेललाई भ्रष्टाचारको आरोपबाट सफाइ

 

काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा.केशवराज भुर्तेललाई गैरकानुनी सम्पत्तिआर्जनको भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले भुर्तेललाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसला उल्ट्याएको हो ।

चार पटकसम्म भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट बनेका भुर्तेलमाथि पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग थियो ।

विशेष अदालतले डा. भुर्तेललाई ३ महिना कैद अनि ३२ लाख ५६ हजार रुपैयाँ बिगो र त्यति नै जरिबाना गराउन आदेश दिएको थियो । उनकी पत्नी रुकमिणीले पनि आरोपबाट सफाइ पाएकी छन् ।

 

डा. भुर्तेलमाथि भवन निर्माणमा ठेकेदारसँग मिलेर अनियमितता गरेको, उपकरण खरिदमा भ्रष्टाचार गरेको केजको जग्गा भाडामा दिँदा व्यक्तिगत लाभ लिएको लगायतको आरोपसहित गैरकानुनी सम्पत्तिआर्जन गरेको अभियोग थियो ।

अख्तियारले उनीविरुद्ध २ करोड ६३ लाख भ्रष्टाचार गरेको अभियोग सहित ११ फागुन, २०७२ मा मुद्दा दायर गरेको थियो । ३ करोड ७२ लाख आर्जन गरेका उनले चार करोड ५ लाखको सम्पत्ति जोडेको भन्दै विशेष अदालतले ३३ लाख ५६ हजार भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...