View Point Long Banner Ad

भारतको जम्मु-कश्मिरमा दोस्रो चरणको मतदान जारी

एजेन्सी । भारतको जम्मु कश्मिरमा बुधबार विधानसभा चुनावअन्तर्गतको दोस्रो चरणको मतदान जारी छ ।

भारतीय समय अनुसार मतदान बिहान सात बजेबाट सुरु भएर साँझ ६ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणका लागि गांदरबल निर्वाचन क्षेत्रबाट जम्मु कश्मिर नेसनल कन्फ्रेन्सका उपाध्यक्ष उमर अबदूल्ला, जम्मु कश्मिर कंग्रेसका प्रमुख तारिक हामिद, भारतीय जनता पार्टी–भाजपा जम्मु कश्मिर प्रमुख रविन्द्र रैना जस्ता चर्चित उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

यस्तै, अपनी पार्टीका अध्यक्ष अल्ताफ बुखारी, पूर्वमन्त्री अली मोहम्मद सागर, अब्दुल रहिम राथेर, चौधरी जुल्फिकार अली र सैयद मुश्ताक बुखारी समेत चुनावी मैदानमा छन् । जम्मुका तीन जिल्लाका १५ सिट र कश्मिरका तीन जिल्लाका ११ सिटमा मतदान भैरहेको हो ।

भारतीय सञ्चामर माध्यमका अनुसार दोस्रो चरणमा राजौरी, पुन्च, रियासी, गन्दरबल, श्रीनगर र बडगाम जिल्लाका विधानसभा क्षेत्रहरूमा मतदान भैरहेको हो । त्यसका लागि दुई सय ३९ उम्मेदवारहरू चुनावी मैदानमा छन् । निर्वाचनका लागि आयोगले ३५ सय मतदान केन्द्रको व्यवस्था गरेको छ । दोस्रो चरणको मतदानका लागि २५ लाख मतदाताहरु मतदान गर्न योग्य रहेका छन् ।

मतदानलाई ध्यानमा राख्दै सम्पूर्ण जम्मु कश्मिरमा कडा सुरक्षा व्यवस्था गरिएको समाचारमा उल्लेख गरिएको छ ।


शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी...

वि.सं.२०८३ असार ४ बिहीवार १३:२३

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक भयो,...

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...