हिंसाबाट विश्वभर २० खर्ब डलर क्षति
काठमाडौं । अघिल्लो वर्ष विश्वभर व्याप्त हिंसाबाट विश्वले २० खर्ब डलर क्षति व्यहोरेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार विश्वभर सैन्य क्षेत्रमा लगानी बढ्दा शान्ति स्थापनामा भने लगानी घटिरहेको छ ।
महासचिव एन्टोनियो गुटेरेसले बुधबारको सुरक्षा परिषद बैठकमा प्रस्तुत गरेको ‘शान्ति स्थापनाको नयाँ एजेण्डा’ माथिको छलफलमा भाग लिने क्रममा संयुक्त राष्ट्रसंघको शान्ति स्थापना सहयोग सम्बन्धी उपमहासचिव एलिजाबेथ स्पीहारले सो जानकारी दिएकी हुन् ।
अगष्ट महिनाका लागि परिषदको अध्यक्षता गरिरहेको देश सिएरा लियोनले आयोजना गरेको बैठकमा उनले भनिन्, ‘शान्ति निर्माणबाट हिंसाको चक्र तोड्न सकिन्छ र सर्वसाधारणका लागि विकास सुनिश्चित गर्न सकिन्छ ।’
उपमहासचिव एलिजाबेथका अनुसार तीन क्षेत्रमा लगानी गरेर यो लक्ष्य हासिल गर्न सकिन्छ । शान्ति स्थापनाका लागि स्वेच्छिक प्रयासलाई बढावा दिएर, सुसंगत सुनिश्चित गरेर र साझेदारी एवम् संशाधनलाई मजबुत बनाएर लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ ।
वि.सं.२०८१ भदौ ९ आइतवार १७:३८
















