दक्षिण कोरियामा विपक्षी नेतामाथि चक्कु प्रहार
एजेन्सी । दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङको घाँटीमा चक्कु प्रहार गरिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार पत्रकार सम्मेलनका क्रममा उनीमाथि चक्कु प्रहार भएको हो।
दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार ली जे-म्युङलाई मङ्गलबार दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा आक्रमण गरिएको थियो।
जे-म्युङ बुसानको प्रस्तावित विमानस्थलको भ्रमण गर्दै थिए, जब एक अज्ञात व्यक्तिले पत्रकार सम्मेलनको क्रममा उनको घाँटीको देब्रे भागमा हतियारले आक्रमण गरे। आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएका छन्।
दक्षिण कोरियामा यसै वर्षको अप्रिलमा आम निर्वाचन हुँदैछ । २०२२ को निर्वाचनमा जनशक्ति पार्टी विजयी भएको थियो। त्यसपछि ली जे म्युङ पनि राष्ट्रपतिको दौडमा थिए।
वि.सं.२०८० पुस १७ मंगलवार १०:३१
















