गायक प्रेमध्वज प्रधानको १५ वर्षअघिको गीत भिडियोमा सार्वजनिक
काठमाडौं । मखमली स्वरका धनी गायक स्व। प्रेमध्वज प्रधानद्वारा झन्डै १५ वर्षअघि स्वरबद्ध नेवार भाषाको गीत छन्त छु जुल (तिमीलाई के भयो) बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गायक प्रधानसँगै गायिका प्रतिभा राजभण्डारीको स्वरले सजिएको गीतको म्युजिक भिडियो सोमबार सार्वजनि गरिएको हो। निर्मलरत्न शाक्यको शब्दरचना र संगीत रहेका गीतको भिडियोमा कर्मा शाक्य र फेसन डिजाइनरसमेत रहेका नायिका शोभा महर्जनले अभिनय गरेका छन्।
विश्वास बज्राचार्यले निर्देशन गरेको गीतको पृष्ठभूमिमा त्रिशुली नदीको किनारा र बन्दीपुरको दृष्य देखाइएको छ। भिडियो हेर्दा दर्शकको मनमा अघिको परिकल्पनाले गीत सकिएपछि पनि कथा बाँकी रहेझैँ अनुभूति गराएको फिल्म निर्देशक एवं समिक्षक प्रकाश सायमीले बताए।
गीतमा संगीत संयोजन सुमन कपालीको रहको छ। गीत सुनिरह“दा गायक र गायिकाले कुनै कथाको नायक र नायिकाको कल्पनामा डुबेर गाएझैँ प्रतीत हुने म्युजिक भिडियोको प्रिमियर शोमा ख्यातिप्राप्नत हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठ प्रतिक्रिया व्यक्त गरे।
गीतको शब्द, संगीत र दृष्यको कलात्मक पक्ष बजोड रहेको चर्चा गर्दै श्रेष्ठले भने ‘निर्मलजी तपाईंले म, मेरो छोरा ९यमन० र छोरीले गाउनको लागि तीनवटा गीत लेखेर दिनुस्। म गाउने छु।’
गीतकार निर्मलरत्नले १५ वर्षअघि गीत लेखिसकेपछि प्रेमध्वज प्रधानबाट गाउन लगाउने इच्छा व्यक्त गरेका थिए। त्यसपछि संगीतकार एवं हाल रेडियो नेपालको संगीत शाखा प्रमुख मनराजा नकर्मीमार्फत प्रेमध्वजलाई भेटेर आफ्नो इच्छा सुनाएको उनले बताए।
त्यो गीत आफु र संगीतकार मनराजाको नाउँबाट एक एक शब्द झिकेर राखिएको निर्मल मन एल्बमको पहिलो गीत भएको जानकारी पनि उनले दिए।
गीतकार शाक्यले आफ्ना ल्वःवन ९लोभ लाग्यो० र निर्मल मनमा रहेका एकरएक गीतको म्युजिक भिडियो क्रमशः निकाल्ने योजनाअनुसार एक वर्ष अघि लिक्क वया ९नजिक आएर० र अहिले छन्त छु जुल बोलको गीतको म्युजिक भिडियोमा बजारमा ल्याएको पनि जानकारी दिए।
त्यतिबेला एल्बम निकाल्न लिएको ऋणको ब्याज अहिलेसम्म तिर्दै आएका गीतकार शाक्य हाल ललितपुर महानगरपालिकाका– १६ का वडाअध्यक्ष हुन्।
जनप्रतिनिधिको जिम्मेवारीका धेरैजसो समय अरु क्षेत्रमा बिताउनु परे पनि संगीत बिना आफू बाँच्न नसक्ने भन्दै नेपाल भाषाको गीत र संगीत क्षेत्रमा कीर्तिमानी कामहरू गर्दै जाने प्रतिबद्धता उनले जनाए।
शाक्यको प्रस्तुति रहेको सो म्युजिक भिडियोमा दिल खोलेर खर्च गरिएको फिल्म समिक्षक विजयरत्न तुलाधरको कथन रहेको छ। गीतको रेकर्ड वीरेन शाक्य, सम्पादन आर्किस्ट शाक्य तथा कोरियोग्राफी रोहिया महर्जन र स्वेता शाक्य रहेका छन्।नेपाल समाचरपत्रबाट
वि.सं.२०८० पुस १७ मंगलवार १०:५६
















