श्रीलंकाका राष्ट्रपति राजपक्षे राजीनामा नदिई फरार, प्रधानमन्त्रीले गरे संकटकाल घोषणा
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे राजीनामा नदिई फरार भएका छन् ।
देशभर आन्दोलन चर्किरहेका बेला उनी देश छाडेर भागेका हुन् ।
राष्ट्रपति राजपक्षे भागेपछि प्रदर्शनकारी थप आक्रोशित बनेका छन् । प्रदर्शनकारी हिंसात्मक बन्न थालेपछि श्रीलंका अशान्त बनेको छ ।
प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रधानमन्त्री रनिल विक्रमसिंघेले संकटकाल घोषणा गरेका छन् । उनले हिंसा गर्ने प्रदर्शनकारीलाई पक्राउ गर्न र सवारीसाधन जफत गर्न आदेश दिएका छन् ।
वि.सं.२०७९ असार २९ बुधवार १३:४३
















