View Point Long Banner Ad

कार्यविधि ल्याएर कलाकारको श्रम तय गरिने

काठमाडौं । नेपाली चलचित्र तथा गीत संगीतमा काम गर्ने कलाकार तथा प्राविधिकहरुले श्रमको उचित मूल्य पाउन नसकेको सम्बन्धित पक्षले जनाएका छन् ।

नेपाल चलचित्र तथा श्रमिक सँगठन (फावन)ले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीलाई आफ्नो समस्या सुनाउन सोही प्रतिष्ठानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले श्रमको उपयुक्त मूल्य नपाएको बताएका हुन् । फावनको मानार्थ सदस्य माधवराज खरेलले सहजीकरण गरेको सो कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले अब चाँडै नै प्रतिष्ठानले कलाकारहरुको योगदानको आधारमा बर्गिकरण गर्ने बताईन् । सोही बर्गिकरणको आधारमा उनीहरुले गीत रेकर्डिङदेखि स्टेजमा गीत प्रस्तुतिसम्मको न्युनतम पारिश्रमिक आफुहरुले तय गर्ने पनि जनाईन् ।

सोही प्रतिष्ठानका उपकुलपति शम्भु राईले कलाकारका पारिश्रमिक’दयगत आफुहरु निकै चिन्तित रहेको र यसका लागि चाँडै नै आफुहरुले कार्यविधि ल्याउने पनि उनले बताए,‘हामी अहिले कार्यविधिको तयारीमा छौं । यो वर्ष भित्रै नयाँ कार्यविधि आएपछि गीत संगीत क्षेत्रका धेरै बिकृतिहरु बिस्तारै निकारण हुँदै जानेछन् ।’ कार्यक्रममा संगीत रोयल्टी सँकलन समाजका अध्यक्ष शुरेश अधिकारीले श्रमिक कलाकारहरुको समस्यालाई आफुहरुले नजिकबाट बुझेको र रोयल्टी सम्बन्धि अन्तराष्ट्रिय कानून चाँडै लागु गरेर उनीहरुको सृजनाको अधिकारलाई सुरक्षित गर्ने बताए ।

सो प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटाले कानूनकै अभावका कारण श्रमिक कलाकारहरुको श्रममा समानता नभएको बताए । त्यसको लागि नयाँ कानून ल्याउन आफुहरुले पहल गरिहेको उनले बताए । कार्यक्रममा फवनका सल्लाहकार शान्तिप्रियले अहिले पनि गीतकारलाई सित्तैं गीत लेखाउने क्रम जारी रहेको बताए । पैसा दिए पनि अत्यन्त कम दिन गरेको उनको कथन थियो । नेपालमा सबैभन्दा बढी गीत संगीतमा लगानी गीतकारहरुकै रहने गरेको पनि उनले बताए । अर्का सल्लाहकार ऋषी लामिछानेले कलाकारहरुको असमान पारिश्रमिका कारण चलचित्र क्षेत्रका आर्थिक बिकृति देखिएको छ भने ।

यस्तै, फावनको उपाध्यक्ष ऋषीराज आचार्यले कलाकारहरुको पारिश्रमिक देखि अन्य कुरालाई समायोजना गर्न संगीत नाट्य एकेडेमीले नयाँ ऐन नै ल्याउनु पर्ने सुझाब दिए । चाँडै आउन लागेको चलचित्र ऐनमा पनि यो कुरा समेट्न आफुहरु सक्रिय रहेको उनले बताए । फावनका मानार्थ सदस्य एवम् संगीतकार दीपक शर्माले संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले संगीतकर्मी कलकारहरुको धेरै समस्यालाई नजिकबाट बुझ्नु पर्ने बताए । प्रतिष्ठानले स्थानीय निकायमा गएर मौलिक गीत संगीतलाई चाँडो भन्दा चाँडो सँरक्षण नगरे एक दशकपछि ती मौलिक गीत संगीत, बाजाहरु लोप हुने सुझाब दिए ।

यस्तै फावनका सह कोषाध्यक्ष प्रवण भुसालले नेपाली चलचित्र एवम् नाट्य क्षेत्रका समस्या’दयगत प्रकाश पारे । चलचित्र तथा नाटक क्षेत्रका कलाकारहरु सिमित पारिश्रमिक अत्याधिक रहेको र धेरै कलाकारहरु पारिश्रमिकको हिसावले पीडित रहेको बताए । उनले स्थानीय देखि केन्द्रसम्म नाट्य क्षेत्रमा देखिएका समस्यालाई सुधार्न सल्लाह दिए । फावनका कोषाध्यक्ष एवम् अभिनेता तेज गिरीले कलाकारहरुलाई चलचित्र तथा संगीत क्षेत्रमा अब कर्पोरेट हिसावले अघि बढाउनु पर्ने बताए । उनले विशेष कोष निर्माण गरेर अबस्यक परेको बेला चलचित्र तथा गीत संगीत, नृत्यका श्रमिक कलाकारहरुलाई सहयोग गर्न संगीत नाट्य प्रतिष्ठानलाई सुुझाब दिए ।

गायिका तथा फावनसँग आबद्ध कलाकार झुमा लिम्बुले केन्द्रमा कलाकारको पहुँच भएपनि स्थानीय क्षेत्रमा रैथाने कलाकारहरुको पारिश्रमिक निकै न्युय रहेको बताईन् । राष्ट्रिय कलाकारहरुको बोलबालका कारण रैथाने कलाकारहरुले आफ्नो स्थानीय क्षेत्रमा हुने कार्यक्रममा पनि कला प्रस्तुतिको लागि स्थान र पारिश्रमिक पनि नपाउने अबस्था रहेको जनाउँदै यस’दयगत सो प्रतिष्ठानको ध्यानाकर्षण गराईन् । यस्तै फावनकी उपाध्यक्ष सरिता भारतीले पुरुष कलाकारको तुलनामा महिला कलाकारको पारिश्रमिक कम हुने गरेको र सँगीत तथा चलचित्र क्षेत्रमा श्रममा पनि लैँगिक बिभेद छ भनिन् ।

फावनका अर्का मानार्थ सदस्य राजेन्द्र बजगाईंले स्टेजमा गीत संगीत प्रस्तुतिका क्रममा आयोजकबाट निकै विभेद हुने गरेको समस्या’दयगत कार्यक्रममा अबगत गराए । राम्रा सक्षम कलाकार भन्दा भाईरल भएकाहरुलाई मेला महोत्सबमा स्थान दिईने हुँदा अब त्यस्ता कार्यक्रममा कस्ता कलाकारलाई स्थान दिने भन्ने’दयगत कार्यविधि बनाउन उनले प्रतिष्ठानलाई अनुरोध गरे । बजगाईंको भनाईमा समर्थन गर्दै अग्रज संगीतकार बसन्त सापकोटाले नयाँ र भाईरललाई स्टेज देखि मिडियासम्मले स्थान दिँदा राम्रा र व्यबसायिक कलाकारहरु मारमा परेका छन भने ।

फावनको उपाध्यक्ष दयाराम घिमिरेले बृत्तचित्रसँग सम्बद्ध सिनेकर्मीहरुको श्रमको अबस्था’दयगत कार्यक्रममा अबगत गराए । कार्यक्रममा गायक डेभिड शँकरले स्टेज कार्यक्रममा आफुहरुलाई कार्यक्रम प्रस्तुतिपछि सुरुमा तोकेको भन्दा पारिश्रमिक घटाएर पारिश्रमिक दिने गरेको समस्या सुनाए । यस’दयगत सम्झौताको लागि एउटा कार्यविधि बनाउन पनि उनले प्रतिष्ठानलाई अनुरोध गरे । अर्का गायक कृष्ण काफ्लले विदेशमा गीत संगीत प्रस्तुत गर्दा नेपालको तुलनामा त्यतिधेरै समस्या नभएको बताए ।

कार्यक्रममा फावनका मानार्थ सदस्य ओम सुनारले संगीतकारहरुको पारिश्रमिकको ’दयगत जानकारी गराए । यस्तै फावनका महसचिब राजन थापा, सचिब कमला जोशी, सदस्य एवम् छायाँकार राजन खरेल, सदस्य एवम् गायक नविन कुमार पौडेल, गायक नारायण थापालगायतले पनि आफुहरुको भोगाई’दयगत चर्चा गरे । सो अन्तरक्रिया कार्यक्रममा उठेका सबै समस्याहरुलाई एउटा प्रतिवेदन बनाएर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई बुझाउने फावनका सल्लाहकार डब्बु क्षत्रीले बताए । उनले यी समस्यालाई केही महिनापछि आफुहरुले आईएलओको अन्तराष्ट्रिय सम्मेलनमा पेश गर्ने पनि जानकारी गराए ।राजधानी दैनिकबाट साभार


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...