ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा छुटैछुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
फेब्रुअरी ५ देखिअप्रिल ३० सम्म (३ महिना) संचालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मूल्यमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन्।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशतवा ५सयसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा ७ सय पच्चाससम्म छुट पाउने दराजले जनाएको छ ।
वि.सं.२०८० माघ २३ मंगलवार १४:०६
















