View Point Long Banner Ad

बुलेट चढेर चोर्न हिँड्ने रसाइलीविरुद्ध १९ वटा मुद्दा, कारागार चलान

५ पुस, काठमाडौं । रोयल इनफिल्ड बुलेट मोटरसाइकल चढेर चोरी गर्दै हिँडेको आरोपमा पक्राउ परेका हिमाल रसाइली कारागार चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको बिहीबारको इजलासले रसाइलीलाई ३ लाख ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर धरौटी नबुझाएपछि उनलाई नख्खु कारागार चलान गरिएको छ ।

उनीसँगै चोरीकै कसुरमा पक्राउ परेका डडेल्धुराको बागेश्वर गाउँपालिका–१ घर भएका २९ वर्षीय भोजबहादुर थलाल भने धरौटी बुझाएर रिहा भएका छन् । उनीविरुद्ध न्यायाधीश योङ्याको इजलासले ३ लाख धरौटी माग गरेको थियो ।

ललितपुरका विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरीको आरोपमा धरान उपमहानगरपालिका–१५ घर भएका २५ वर्षीय रसाइलीलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ६ मंसिरमा काठमाडौंको टेकुबाट पक्राउ गरेको थियो ।

उनले ल्यापटप चोरी गरेर थलाललाई बेच्ने गरेको खुलेपछि थलाल पनि पक्राउ परेका थिए । उनीहरूविरुद्ध परिसर ललितपुर गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले ६ वटा चोरीको मुद्दा दायर गरेको थियो । उनीहरूबाट प्रहरीले चोरीका २६ वटा ल्यापटप बरामद गरेको थियो ।

यसअघि रसाइली १३ पटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति हुन् । त्यतिबेला उनीविरुद्ध ८ वटा चोरी र ५ वटा अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो । अहिले ६ वटा मुद्दा चलाइएकाले उनीविरुद्ध १९ वटा मुद्दा चलिसकेको थियो ।

ललितपुरमा ल्यापटप चोरीको दुईवटा उजुरी आएको थियो । एउटा उजुरी पुल्चोकस्थित कार्यलयबाट ल्यापटप चोरी भएको थियो भने अर्को झम्सीखेलबाट । दुई फरक ठाउँ भए पनि चोरीको प्रकृति एउटै किसिमको थियो । जाहेरी आएपछि प्रहरीले अनुसन्धान गर्दा चोरी कार्यमा बुलेट बाइकको प्रयोग भएको खुलेको थियो ।

सीसीटीभी फुटेजमार्फत अनुसन्धान अघि बढाएको प्रहरीले दुई चोरीमा एउटै नम्बर प्लेटको बुलेट मोटरसाइकल प्रयोग भएको पत्ता लगाएको थियो । त्यसपछि रसाइली पक्राउ परेका थिए । उनी बा ५७ प ९७६० नम्बरको बुलेट मोटरसाइकल चढेर चोर्न हिँडेको खुलेको थियो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...