अनामनगरको कवाडी गोदाममा महानगरको डोजर
काठमाडौँ महानगरले अनामनगरस्थित सरकारी जग्गामा बनाएको कबाडीको गोदाममा जोडर चलाएको छ। शुक्रबार बिहान महानगरले डोजर लगाएर भत्काएको हो।
कवाड संकलकहरुले काठमाडौँ महानगर पालिका वडा नं २९ मा रहेको सरकारी जग्गालाई लामो समयदेखि गोदामका रुपमा प्रयोग गर्दै आएका थिए।
महानगरले त्यसलाई हटाउन आग्रह गरिरहेको थियो। हटाउन अटेरी गरेपछि महानगरले डोजर चलाएको हो।
वि.सं.२०८१ पुस ५ शुक्रवार १५:२३
















