पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन १८ भदौ,
पहिरोको कारणले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भयको छ।
सो सडकखण्डको पाँचकिलो भन्ने ठाउँम पहिरोले सडक अवरुद्ध भएको हो।
शुक्रबार बिहान करिब आठ बजे इच्छाकामना गाँउपालिका-६ पाँचकिलोमा सडकमाथिबाट लेदो खसेकोले सडक अवरुद्ध भएको बाग्मती प्रदेश ट्राफिक प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
अबरुद्ध सडक खुलाउन केहि समय लाग्ने बताएका छन्।
वि.सं.२०७८ भदौ १८ शुक्रवार १०:०३
















