लुम्बिनी विकास कोषको कोषाध्यक्षमा भट्टराई नियुक्त
लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई नियुक्त भएका छन् ।
मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ५ वर्षको हुनेछ ।
उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज हुन् ।
आफ्नो कार्यकालमा कोषमा आर्थिक पारदर्शिता र सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता हुने भट्टराईले बताए ।
वि.सं.२०७८ माघ २५ मंगलवार ११:५०
















