हिजो २१ सय बढेको सुनको मूल्यमा आज पनि व्यापक वृद्धि
काठमाडौं । आज पनि सुनको मूल्यमा वृद्धि भएको छ। आज सुन तोलामा दुई हजार रुपैयाँ बढेको हो। हिजो ९मंगलबार० सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँ बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर आज सुन तोलाको एक लाख ५४ हजार दुई सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य एक लाख ५२ हजार दुईसय रुपैयाँ थियो। दुई दिनमै सुनको मूल्य चार हजार एकसय रुपैयाँ बढेको छ।
आज चाँदीको मूल्य भने हिजोकै यथावत छ। चाँदीको मूल्य आज एक हजार नौसय २५ रुपैयाँमै यथावत रहेको महासंघले जनाएको छ।
अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
वि.सं.२०८१ मंसिर २६ बुधवार ११:१७
















