View Point Long Banner Ad

तराई–मधेसमा आज जितिया पर्व मनाइँदै

काठमाडौं । तराई–मधेसमा आज(बुधबार) जितिया पर्व मनाइँदैछ ।

आजका दिन तराई–मधेसका आमाहरुले निर्जल/निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् । यो पर्वमा आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने गर्दछन ।

जितिया पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा छ । पर्वअन्तर्गत यस वर्ष मंगलबार बिहान ४ बजेदेखि सुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार व्रत आज बेलुका ५ बजे समापन गरिँदैछ । निराहार व्रत सुरु गरिएपछि समापन नहुन्ञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ ।

मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधी अस्ति गरि यो पर्व सुरु भएको हो । यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्तव छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी/सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजामा प्रयोग गरिन्छ ।

जितिया पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले शुभकामना सन्देश दिदै असल संस्कार, व्यवहार र सामाजिक एकताको पृष्ठपोषण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।


शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी...

वि.सं.२०८३ असार ४ बिहीवार १३:२३

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक भयो,...

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...