View Point Long Banner Ad

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी

चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी नेपाल)ले नेपालसहित भारत र मालदिभ्सका विज्ञको सहभागितामा सम्मेलन आयोजना गरेको हो ।

शुक्रबारदेखि सुरु भएको सम्मेलन शनिबार समापन हुँदैछ । सोसाइटीका अध्यक्ष डा. शङ्कर लौडारीका अनुसार सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरु, जनरल फिजिसियनहरु, प्यारामेडिक्स गरी दुई सय जनाभन्दा बढी सहभागी छन् ।

पहिलो दिन दुई जना भारतीय विज्ञसहित १२ जनाले मुटुको भिडियो एक्स–रेसम्बन्धी भएका अत्याधुनिक प्रविधि र विकासक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए । शनिबार दुई जना भारतीय र एक जना मालदिभ्सका विज्ञ चिकित्सकसहित २० जनाले फरक कार्यपत्र प्रस्तुत गर्दैछन् ।

सोसाइटीका अध्यक्ष डा. लौडारी, पूर्वअध्यक्ष प्रा. डा. श्यामराज रेग्मी र प्रा. डा. मणि गौतमले पहिलो दिन संयुक्त रुपमा सम्मेलनको उद्घाटन गरेका थिए । सोही अवसरमा सोसाइटीले प्रकाशन चौथो जर्नल विमोचन गरिएको थियो । ‘प्रथम इकोकोन नेपाल’ नाम दिइएको सम्मेलन मुटुको भिडियो एक्स–रेलाई नै लक्षित गरेर नेपालमा पहिलो पटक भएको डा. लौडारीले बताए ।

सम्मेलनमा मुटुको भिडियो एक्स–रेबाट कस्ता रोग पत्ता लाग्न सक्छन् ? मुटुको उपचारमा भिडियो एक्स–रेको के–कस्तो योगदान हुन्छ ? भन्ने विषयमा केन्द्रित छलफल भइरहेको जनाइएको छ । नेपालको चितवनसहित काठमाडौं, पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज, वीरगञ्जबाट र भारतको दिल्ली, चेन्नाइ, मालदिभ्सबाट मुटुरोग विशेषज्ञको सहभागिता रहेको छ ।

सम्मेलनले मुटुरोग उपचारको गुणस्तरमा थप वृद्धि गर्ने उहाँको भनाइ छ । मुटुको भिडियो एक्स–रेसम्बन्धी विभिन्न देशमा भएका अत्याधुनिक प्रविधि र ज्ञानको आदानप्रदान हुनेछ ।

मुटुको भिडियो एक्स–रेबाट मुटुमा जन्मजात प्वालहरु, मुटुको खुम्चिनसक्ने क्षमता, मुटुको भल्बसम्बन्धी अवस्था, मुटुमा पानी जम्ने रोग, मुटुबाट निस्किने प्रमुख धमनीसम्बन्धी रोग पहिचान गर्न सहज हुने गर्दछ ।

विश्वमा मृत्युको पहिलो कारण मुटु तथा मुटुका रक्तनलीसम्बन्धी रोगहरु रहेको डा. लौडारीको भनाइ छ ।
रासस


शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी...

वि.सं.२०८३ असार ४ बिहीवार १३:२३

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक भयो,...

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...