View Point Long Banner Ad

विषाक्त माछा खाँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

बारामा माछा खाँदा एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका– ७ का झवानी टोलका नरेश रामका दुई छोरी नौ वर्षीया लालिमा र सात वर्षीया पुष्पा तथा छोरा पाँच वर्षीय कृष्णको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईका अनुसार शनिबार साँझ आमाले पकाएको माछा र भात खाएर सुतेका बालबालिका अचानक बिरामी परेका थिए । राम परिवारले माछा भारतबाट आएका व्यापारीसँग किनेको थियो । खाना खाएको केही समयपछि बान्ता र पखालाको समस्या देखिन थालेपछि परिवारका सदस्यले शनिबार साँझ साढे ७ बजे स्थानीय सञ्जीवनी स्वास्थ्य क्लिनिकमा लगेका थिए । क्लिनिकका स्वास्थ्यकर्मी रामबाबु कुशवाहका अनुसार त्यतिखेर लालिमाको स्वास्थ्य अवस्था गम्भीर थियो । त्यसपछि कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

लालिमाको आइतबार बिहान प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । थप दुईजनालाई उपचारका लागि आइतबार राति वीरगन्जको नेसनल मेडिकल कलेज पुर्‍याइएको थियो । तर, उनीहरूको पनि आइतबार राति साढे १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...