View Point Long Banner Ad

साउनमा हरियो रंग किन प्रयोग गरिन्छ ?

काठमाडौं । हरियो प्रेम र वातावरणको प्रतिक हो । त्यसैले हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ ।

यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ । हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन् । उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन् ।यो रंग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ ।

हरिया चुरा किन लगाउने त साउन महिनामा

साउन महिना हरियाली प्रकृतिको महिना भनेर चिनिने गर्छ । अझ शास्त्रमा त साउन महिना महिलाहरुको शक्तीको महिना मानिएको छ । साउन महिनाको हरियो रंग यस धर्ममा उर्बर शक्तिका रुपम मानिने गरेको छ । साउन महिनामा भएको प्रकृति परिवर्तनले हामी मानिसहरुको हर्मोन नै परिवर्तन गरिदिने गर्दछ । जसको प्रभाव आफ्नो शरीर अथवा मनमा परेको हुन्छ । उनीहरुलाई मनमा जोस, जाँगर र काममा भावना मिल्छ ।

ज्योतिष शास्त्र अनुसार साउनमा हरियो रंग बुधबाट प्रभावित हुने गर्छ । त्यसैले बुधबाट प्रभावित हुने हरियो चुराले हाम्रो भावना नियन्त्रण गर्ने काम गर्छ । त्यसैले साउनमा मेहेन्दी लगाउने बैज्ञानिक कारण पनि मानिन्छ । वास्तवमा हरियो रंग प्रेम र वातावरणको प्रतिक मानिन्छ । त्यस्तै हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा पुजिन्छ । त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टिका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग जोडेर हेर्न सकिन्छ । प्राकृतिकरुपमा साउन महिनालाई हरियालीको उपनाम दिइन्छ । रंग विशेषज्ञहरुले हरियो रंगलाई शीतलता एवं स्फूर्ति प्रदान गर्दछ भन्ने गरेका छन् ।

हरियो रंग उज्ज्वल हुन्छ । नयाँ जोस जाँगर उत्पन्न गर्ने यो रंग सकारात्मक ऊर्जा सञ्चार गर्न सहायक मानिन्छ । हरियो रंगमा निलो र पहेलो रंगको समिश्रण हुन्छ । हरियो रंगले आँखालाई फाइदा पुर्याउँछ । हरियो रंगले विस्वासको भावना जागृत गर्न सहयोग पुर्याउँछ । हरियो रंगमा वैज्ञानिक आधारका धेरै कुराहरु भेटिन्छन् । हरियो रंगले शीतलता एवं स्फूर्ति प्रदान गर्छ । यो रंग उज्ज्वल हुन्छ । नयाँ जोस र जाँगर उत्पन्न गर्ने यो रंग सकारात्मक ऊर्जा सञ्चार गर्न सहायक हुन्छ ।

हरियो रंग मन पर्छ भने तपाईंको राशि मेष वा कन्या हुनुपर्छ । यो रंग मन पराउनेहरू व्यवहारिक तथा बफादार हुन्छन् । आफ्नो सन्तुलित स्थान कहिल्यै गुमाउँदैनन् । यो रंगले विश्वासको भावना जागृत गर्न सहयोग पुर्याउँछ । ‘वर्षाको मौसम र वातावरण पनि हरियो हुने गरेकाले यस महिनामा हरियो रंग ग्रहण गर्ने गरिएको हो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...