View Point Long Banner Ad

सालक संरक्षणका लागि अभियान सञ्चालन गर्न सुझाव

विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक संरक्षणका लागि सचेतनात्मक अभियान सञ्चालन गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । लोपोन्मुख सालकसम्बन्धी विभिन्न चेतनामूलक सामग्री तयार गरी अभियान सञ्चालन गर्न सकेमा मात्र सालक चोरी निकासी न्यूनीकरण हुने उनीहरुको भनाइ छ ।

डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले आज यहाँ आयोजना गरेको ‘सरोकारवालासँग सालकको बासस्थान संरक्षण र व्यवस्थापनसम्बन्धी सचेतनात्मक कार्यक्रम’मा सञ्चारकर्मी र सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख एवम् सालक विज्ञ विष्णुप्रसाद आचार्यले सालकबाट मानिसलाई कुनै पनि हानि नोक्सानी नहुने बरु उल्टै फाइदा पुग्ने जानकारी दिए । उनले अज्ञानता र अन्धविश्वासका कारण सालकको चोरी निकासी बढेकोप्रति चिन्ता व्यक्त गरे । प्रमुख आचार्यका अनुसार एउटा वयस्क सालकले एक वर्षमा रु सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वभावको जनावर सालक रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ ।

यसको प्राकृतिक प्रजनन अत्यन्त कम हुने भएकाले विश्वमै दुर्लभ मानिएको हो । सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहे पनि अज्ञानताका कारण सालक मासु र खपटाका लागि मार्ने क्रम बढेको उनले बताए । नेपालमा तामे र कालो गरी दुई प्रजातिको सालक पाइन्छ । त्यसमध्ये कालो सालकको सङ्ख्या बढिरहेको डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका प्रमुख मदन कँडेलले जानकारी दिए । सालक किसानको साथी भएकाले यसको संरक्षणमा लाग्न उनले आग्रह गरे ।

सामुदायिक वन सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा खपटा तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता रहेको उनको भनाइ छ । “पछिल्लो चरण एकातिर चोरी निकासीका कारण सालक लोपोन्मुख अवस्थामा पुगेको छ, भने अर्कोतर्फ बर्सेनि वनमा डडेलो लागेका कारण सालक लोप भइरहेको छ”, प्रमुख आचार्यले भने । सालकको मासु र खपटा चिनियाँ बजारमा माग हुने गरेका कारण जिल्लाकै तातोपानी नाकाबाट तस्करीसमेत हुनेगरेको छ ।

वन संरक्षण ऐनअनुसार सालक तस्करीमा संलग्न व्यक्तिलाई पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था छ । कानुन कार्यान्वयनको पक्ष फितलो भएको कारण तस्करी नियन्त्रण हुन सकेको छैन ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...