गायक सन्तोष आचार्यले पाए मौलिक गण्डकी स्टार राष्ट्रिय म्युजिक अवार्ड
बाग्लुङ । गायक तथा मोडल सन्तोष शर्मा (आचार्य)ले मौलिक गण्डकी स्टार राष्ट्रिय म्युजिक अवार्ड २०८० मार्फत सर्वोत्कृष्ट मोडल तथा गायकको अवार्ड जितेका छन्।
बागलुङ जिल्ला जैमिनी नगरपालिका-१ कुश्मिसेरामा पिता पदमनाथ शर्मा र माता लक्ष्मी देवि शर्माका कान्छा सुपुत्रको रूपमा जन्मिएका सन्तोष आचार्य १ दशक देखि साङ्गितिक क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएका छन् ।
गायक आचार्यले दर्जनौ गीतमा आफ्नो स्वर, शब्द मात्रै नभएर अभिनय समेत गरेका छन् । गायक आचार्य प्रत्यक्ष दोहोरिमा माहिर कलाकारको रुपमा चर्चित छन् । उनले अहिलेसम्म करिव २ दर्जन भन्दा बढी लाइभ दोहोरी अर्थात् प्रत्यक्ष दोहोरी गाउन सफल भएका छन्
उनी बहुप्रतिभा शाली कलाकार हुन भन्दा फरक नर्पला । गायक आचार्य गायक मात्रै नभए राम्रो कार्यक्रम उदघोषक समेत हुन्।
गायक आचार्य साङ्गितिक क्षेत्रमा संघर्षले निखारिएका एक प्रतिभावान कलाकार हुन् । उन भन्छन्,’पब्लिक सामु बिस्तारै चर्चा कमाउदै छु, यदि सोचेजस्तो चर्चा कमाउन नसकेपनि गीत संगीतलाई बिट मार्न भने पटक्कै सक्दिन । आशा छ एकदिन सफल हुनेछु ।जीवन रहे सम्म गीत संगीतमा लाग्ने छु र अगाडि बड्नेछु ।’
उपमा सञ्चार प्रा.लिद्वारा आयोजना गरिएको ञमौलिक गण्डकी स्टार राष्ट्रिय म्युजिक अवार्डझ कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको प्रमुख आतिथ्य रहेको थियो भने,विभिन्न क्षेत्रका बिशिस्ट व्यक्तित्व, समाजसेवी, व्यवसायी, कलाकार, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियोे ।
वि.सं.२०८० चैत ३० शुक्रवार १८:३९
















