View Point Long Banner Ad

सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न विप्लवको प्रस्ताव, एकताबारे के भने ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक चरित्रको सर्वपक्षीय सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।  आइतबारदेखि कपिलवस्तुस्थित शिवगढीमा बसेको केन्द्रीय समितिको विशेष बैठकमा विप्लवले जेनजी विद्रोहपछिको विषम परिस्थितिलाई समाधान गर्नका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

उनले ‘विशेष परिस्थितिको विशेष कार्यभार’सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेका थिए । जेनजी विद्रोहपछिको राजनीतिक अवस्थाबारे विश्लेषण, पार्टीको जिम्मेवारी र आगामी कार्यक्रम रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

गत भदौ २३ र २४ गते जेनजीले उठाएका माग नेकपाले विगत १० वर्षदेखि उठाउँदै आइरहेको एजेण्डा भएकाले विद्रोहको उठान ठिक भएपनि विदेशी साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिले आफू अनुकूल प्रयोग गर्न खोज्दा विध्वंस भएको प्रतिवेदनको सार रहेको विश्वकर्माले बताए ।

‘समस्या नेपालीको, मुद्दा नेपालीको हो । दलाल पूँजीवादले सिर्जना भएको भ्रष्टिकरण विरुद्ध हामीले विगत १० वर्षदेखि सङ्घर्ष गर्दै आएकाले जेनजीको उठान ठिक छ । तर उनीहरूको आन्दोलनलाई विदेशी साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिहरूले आफू अनुकूल प्रयोग गरी विध्वंस गरियो । त्यसैले राष्ट्रियता खतरामा छ’, रातोपाटीसँग उनले भने ।
राष्ट्रियतामा देखा परेको विषम चुनौतीलाई राजनीतिक चरित्रको सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने र त्यसको नेतृत्व लोकप्रिय राजनीतिज्ञको नेतृत्वमा हुनुपर्नेमा विप्लवले जोड दिएको विश्वकर्माले जानकारी दिए ।

प्रतिवेदनको सार कुरा प्रष्ट पार्दै उनले भने–‘देशको समग्र समस्या समाधानका लागि लोकप्रिय राजनीतिज्ञको नेतृत्वमा राजनीतिक चरित्रको सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्छ’, उनले भने, ‘राज्यको अग्रगामी पुनर्संरचना र संविधानको पुनर्लेखन हुनुपर्छ । यति गर्न सकिएमात्रै समग्र समस्याको समाधान हुन्छ ।’

यस्तै पार्टीको जिम्मेवारीको विषयमा महासचिव विप्लवले सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता र ध्रुवीकरणमा जोड दिएका छन् । यसको उद्देश्य नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको विश्वकर्माले स्पष्ट पारे ।

‘पार्टीको जिम्मेवारी विषयमा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता र ध्रुवीकरण हुनुपर्नेमा जोड दिइएको छ । यसको उद्देश्य नयाँ कम्युनिस्ट केन्द्र बनाएर नेपाली विशेषताको वैज्ञानिक समाजवाद पुग्ने रहेको छ’, उनले भने, ‘नेतृत्व दक्ष र कुशल तथा नेपाली जनताले विश्वास गरेको व्यक्ति हुनुपर्छ । यथास्थितिमा रहेका राजनीतिक दल, सङ्गठन, नेतृत्व, नीति तथा कार्यक्रमबाट नयाँ कम्युनिस्ट केन्द्र सम्भव छैन । यही कुरा हामीले प्रचण्ड, माधव लगायत नेताहरू समक्ष राखेका थियौँ ।’

आजको बैठकमा महासचिव विप्लवले प्रस्ताव पेस गरी अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिएकाले सोमबारबाट मात्रै आ–आफ्ना धारणा राख्ने विश्वकर्माले बताए ।

सबैले बोलिसकेपछि मङ्गलबार निर्णय आउन सक्ने उनले जानकारी दिए । नेकपाको यसअघि भदौ २३ देखि २६ गतेसम्म केन्द्रीय समितिको नियमित बैठक बसेको थियो ।

त्यतिबेला जेनजी विद्रोहले केपी ओली नेतृत्वको सरकार ढल्नुको साथै राज्यका सबै संरचना ध्वस्त भएका थिए । विशेष परिस्थितिका कारण विप्लवले विशेष बैठक बोलाएका हुन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...