View Point Long Banner Ad

निर्धारित समयमै निर्वाचन गर्न नेपाल परिवार दलको जोड, सरकारलाई ‘जीवन्त संवाद’ गर्न आग्रह

 

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले तोकिएको समयमै शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउन नेपाल सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ढकालले निर्वाचनको विकल्प नरहेको बताएका हुन्।

उनले निर्वाचन आयोगमा दर्ता रहेका र नयाँ दलहरू सबैको उत्साहजनक सहभागिता सुनिश्चित गर्नुपर्ने बताए । यसले लोकतन्त्रलाई बलियो र प्रतिस्पर्धी बनाउने उनको भनाइ छ।

ढकालले अन्तरिम सरकारको मुख्य प्राथमिकता नै तोकिएको मितिमा निर्वाचन गर्नु र सुशासन कायम राख्नु भएको उल्लेख गरेका छन्। यसका लागि उनले सरकारलाई राजनीतिक दलहरूसँग तुरुन्तै जीवन्त संवाद गर्न आग्रह गरेका छन्।

उनले निर्वाचन आयोगलाई साधन र स्रोतसम्पन्न बनाउन पनि माग गरेका छन्। साथै, ढकालले सुरक्षा निकायको मनोबल उच्च बनाउन, मानव अधिकार र नागरिक स्वतन्त्रताको प्रत्याभूति गराउन तथा जेनजी आन्दोलनका जायज मागहरूलाई सम्बोधन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।
निर्वाचन आयोगले निर्वाचनको तालिका सार्वजनिक गरिसकेकाले अब निर्वाचनको तयारीमा जुट्नुपर्नेमा उनले जोड दिएका छन्।

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...