View Point Long Banner Ad

काठमाडौँ महानगरको अनुरोध जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन

काठमाडौँ । गएरातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन अनुरोध गरेको छ । महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएको पनि महानगरले बताएको छ । ‘विशेष गरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको छ र खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको छ। अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान त्यहाँ बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको छ’, महानगरले भनेको छ ।

कुनै बस्तीमा डुबानको कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको बताइएको छ ।  कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ ।

गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ। काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिनु भएको छ ।
विशेष गरी सोल्टी मोडको पश्चिमतर्फ स्युचाटार खोलाले बाटो भासिएको छ र खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको छ। अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान त्यहाँ बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको छ।
यदि कुनै बस्तीमा डुबानको कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको छ। जोखिमयुक्त बस्तीलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरू:
📞 १६६००१०५५११
📞 015901764
📞 015901763 (KMC Police)
सुरक्षित रहौं, सतर्क रहौं। 🙏

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...