View Point Long Banner Ad

डा.नारायण खड्काको प्रश्नः के हो सरकारको अबको ड्राइभ ?

 

२८ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् डा.नारायण खड्काले सडकमा रहेको असन्तोष र निराशा कम गर्ने गरी सरकार अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

सरकारले संसद्‍मा ल्याएको नीति तथा कार्यक्रमले निरश जनतालाई सम्बोधन कम गरेको उल्लेख गर्दै उनले बजेटमा समेटिने विश्वासमा आफू रहेको बताए ।

 

आइतबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले विदेशमा रहेका नेपालीलाई समेत सम्बोधन गर्ने गरी सरकार अगाडि बढ्न आवश्यक रहेको बताए ।

नेपालमा रहेका स्रोतको अधिकतम प्रयोगमा जोड दिइनुपर्ने उनले बताएका छन् । तर, यसअनुसार नीति तथा कार्यक्रम आउन नसकेको उनको टिप्पणी छ ।

 

‘समग्रमा हेर्ने हो भने २४ वटै मन्त्रालयका कुराहरू आएका छन् । तर, के हो त ? सरकारको अबको ड्राइभ ? इन्जिन अफ ग्रोथ’ डा.खड्का भन्छन्, ‘विकास हाँकेर लाने कुन कार्यक्रमले गर्छ भन्ने काहीँ पनि उल्लेख छैन ।’

उर्जामा, कृषिमा महत्वकांक्षी योजना रहेको तर, कुन कार्यक्रमले विकासलाई ड्राइभ गर्छ भन्ने फोकस हुन नसकेको भन्दै उनले सरकारले यसमा विशेष ख्याल गर्नुपर्ने बताए । यस्ता विषय नीति तथा कार्यक्रममा नसमेटिएको भएता पनि बजेटमा समेटेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।

सत्तारुढ दलको सांसद भएकोले आफूले नीति तथा कार्यक्रममा मतदान गर्ने उल्लेख गर्दै उनले केही कमजोरीलाई औंल्याएको पनि बताएका छन् ।

वैदेशिक साहायता पनि कम हुने अवस्था बनेकाले आन्तरिक स्रोतमा ख्याल गरिनुपर्नेमा उनको जोड छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...