View Point Long Banner Ad

शिक्षकको आन्दोलनबाट गलत तत्वले फायदा लिन सक्छन् ः ऊर्जामन्त्री खड्का

८ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जारी आन्दोलनबाट गणतन्त्र विरोधी शक्तिहरूले फाइदा उठाउन सक्नेतर्फ सचेत रहन शिक्षकहरूलाई आग्रह गरेका छन् ।

आन्दोलनरत शिक्षकका जायज माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले आन्दोलनबाट गलत तत्वले फाइदा उठाउन सक्ने कुरामा ध्यान दिन आग्रह गरे । सोमबार शिक्षकहरूसँगको अन्तरक्रियामा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

 

‘वार्ता र छलफल नै समस्या समाधानको एक मात्र उपाय हो,’ उनले भने, ‘शिक्षकहरूको आन्दोलन जायज भए पनि सडक आन्दोलनको अवस्थामा गणतन्त्र विरोधी शक्तिहरूले फाइदा उठाउन सक्ने सम्भावनालाई आन्दोलनरत पक्षले पनि विचार गर्नुपर्छ ।’

मन्त्री खड्काले ऐन संशोधन जस्ता विषयहरू कानुनी प्रक्रिया भएकाले ढिलो हुन सक्ने भन्दै विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको बताए । आन्दोलनका कारण विद्यार्थीहरू शिक्षाबाट बञ्चित नहुन् भन्ने चिन्तामा सरकार रहेको बताएका खड्काले वार्तामार्फत समाधान गर्न आग्रह गरे ।

 

‘शिक्षकको योगदान अविस्मरणीय छ । शिक्षकहरू सधैं सम्मानित र आदरणीय पात्र हुन् । यो कुरामा प्रधानमन्त्री, मन्त्री वा जुनसुकै तहको नेतृत्व स्पष्ट छ,’ मन्त्री खड्काले भने, ‘सरकारले माग पूरा गर्छ भन्ने विश्वास गर्नुस्, किनभने सरकार शिक्षकका जायज माग पूरा गर्न प्रतिबद्ध छ । त्यसैले आन्दोलन त्यागेर विद्यालय फर्कनुस् । सरकार साथमा छ ।’

उनले नेपालका राजनीतिक परिवर्तनहरूमा शिक्षकको योगदान सधैं स्मरणीय रहेको चर्चा गर्दै गणतन्त्र स्थापनासम्मको यात्रा शिक्षकमैत्री रहेको उल्लेख गरे । अहिले विश्वव्यापी रूपमै आर्थिक असन्तुलनको अवस्था रहेको बताएका ऊर्जामन्त्रीले यस्तो बेला निरन्तर आन्दोलन गर्दा त्यसले विकासमा बाधा पुर्‍याउन सक्नेतर्फ सचेत हुन शिक्षकहरूलाई आग्रह गरे ।

‘माओवादी जनयुद्ध, विभिन्न द्वन्द्व, भूकम्प, कोरोना महामारी तथा विश्वव्यापी आर्थिक असन्तुलनका समयमा शिक्षक मात्र होइन, सम्पूर्ण राष्ट्र प्रभावित भयो । अहिलेको आर्थिक सुधारको चरणमा शिक्षकको आन्दोलनले विकासमा अवरोध पुर्‍याउन सक्छ,’ उनले भने ।

त्यसअघि नेपाल शिक्षक महासंघ संखुवासभाका उपाध्यक्ष मोदमणि दाहाल, नेपाल शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईं, अर्जुनकुमार बस्नेत लगायतले शिक्षकहरूका मागलाई बेवास्ता नगर्न ध्यानाकर्षण गराउका थिए ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...