View Point Long Banner Ad

पश्चिमाञ्चल क्याम्पस बाहिर अनसन र नाराबाजी, भित्र मतदान

५ चैत,काठमाडौं । नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा अनसन, नाराबाजी र विरोध प्रदर्शनका बीच स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ ।

नेविसंघको एउटा समूहले सोमबारदेखि नै क्याम्पसमा रिले अनसन गरिरहेको छ भने अहिले नाराबाजीसहित प्रदर्शन भइरहेको छ । कडा सुरक्षाका बीच भित्र मतदान भने जारी छ ।

 

नेविसंघबाट स्ववियु सचिव पदमा मनोनयन नै नभएपछि आन्तरिक विवादले क्याम्पसमा विरोध प्रदर्शन भइरहेको हो ।

केन्द्रको आधिकारिक परिपत्रविपरीत नेपाली कांग्रेस कास्की जिल्ला नेतृत्वले सचिव पदमा मनोनयन नै गराउन नदिएको भन्दै एउटा समूहले विरोध गर्दै फेरि मनोनयन गर्न माग गरिरहेको छ । तर, जिल्ला नेतृत्वले सचिव उम्मेदवारविनै चुनावमा जान निर्वाचन समितिलाई सहमति दिएपछि अहिले विरोध र नाराबाजीका बीच मतदान भइरहेको हो ।

 

नेविसंघले सौगात पण्डितको अध्यक्षतामा निर्वाचनमा जान मनोनयन दर्ता गराएका थिए । तर, सचिव पदमा आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै मनोनयन पत्र नै च्यातिएको नेविसंघकै एउटा समूहले आरोप लगाइरहेको छ ।

नेविसंघ केन्द्रीय कमिटीले सचिवको उम्मेदवार प्रशान्त उपाध्यायलाई बनाउन भन्दै परिपत्र नै गरेको छ ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नामबाट परिपत्र भए पनि कांग्रेस कास्की सभापति किशोरदत्त बराललगायतले सचिवबिनै निर्वाचनमा जाने वातावरण बनाएको भन्दै नेतृत्वप्रति नेविसंघका नेताहरु रुष्ट छन् । त्यसैको विरोधमा एउटा समूहले सोमबार टायर बालेर विरोध प्रदर्शन गरेको थियो भने अहिलेसम्म पनि रिले अनसन जारी राखेको छ ।

 

क्याम्पस गेटमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । बाहिर विद्यार्थीहरुलाई मतदान गर्न जानबाटसमेत रोक्ने प्रयास भइरहेको छ ।

निर्वाचन समिति संयोजक दीपक थापाले सर्वदलीय सहमतिकै आधारमा निर्वाचन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

‘भित्र मतदान चलिरहेको छ । अहिलेसम्म करिब ३ सय जनालेमात्र मतदान गरेका छन् । बाहिर गेटमा क्याम्पसका मात्रै होइन, बाहिरबाट पनि विद्यार्थीहरु आएर नाराबाजी गरिरहेको जानकारी प्राप्त भएको छ,’ निर्वाचन अधिकृत थापाले भने, ‘सुरक्षाकर्मीलाई विद्यार्थी परिचय पत्र हेरेर मतदानका लागि पठाउन आग्रह गरिएको छ तर हुलका कारण समस्या भइरहेको गेटबाट जानकारी आएको छ ।’

क्याम्पसभित्र होस्टेलमा बस्ने विद्यार्थीहरुबाट सुरुमा स्ववियुको मतदान सुरु भएको थियो ।

केन्द्रको परिपत्र हुँदाहुँदै सचिवबिनै निर्वाचन अगाडि बढ्ने देखेपछि तालाबन्दी गरिएको र कास्की सभापतिलगायत केही नेताले खेल्ने प्रयास गरेको उनीहरुको आरोप छ । नेविसंघका विद्यार्थीले आफूले भनेको मान्छे सचिव नपाएपछि रेजिना खड्काले मनोनयन पत्र नै च्यातेकोसमेत आरोप लगाइरहेका छन् ।

२०७९ को चुनावमा नेपाल विद्यार्थी संघकै आन्तरिक विवादका कारण क्याम्पसको चुनाव बिथोलिएको थियो । यसपटक चुनाव गराउने सर्वदलीय सहमति भएको थियो तर सबैलाई मत खसाल्ने वातावरण भने बन्न नसकेको विद्यार्थीहरुले गुनासो गरिरहेका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानमा २ हजार ४१ मतदाता छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...