View Point Long Banner Ad

कांग्रेस–कम्युनिष्टलाई लिङ्देनको चुनौती स् राजालाई भूमिका देऊ, या सकिन तयार

१७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई अभिभावकीय भूमिका दिएर नवीन समझदारी गर्न कांग्रेस र कम्युनिष्टलाई आग्रह गरेका छन् ।

पार्टीले शनिबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले शासन गर्ने नभई दलहरूलाई खराब र गलत काम गर्न नदिने भूमिकामा राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्थामा सहमति गनुपर्ने बताए ।

 

कांग्रेस र कम्युनिष्ट यसमा तयार नभए जनता निर्णायक विद्रोहका लागि तयार भएर बसेको उनले दावी गरे ।

‘देश यही अवस्थामा रहन्न, विश्व भुराजनीतिक अवस्था मध्यनजर गरेर नेपालमा राजादेखि माओवादी अटाउने नवीन समझदारी गरेर जाऔं,’ लिङदेनले भने,
राजालाई कुन स्थान दिने हो सल्लाह गर्न कांग्रेस र कम्युनिष्टलाई आग्रह गर्दै उनीहरूले नमाने विद्रोह हुने लिङदेनले चेतावनी दिए । ‘कान खोलेर सुने हुन्छ जनता विद्रोहका लागि तयार छन्, हामीले रोकेर रोकिन्न विद्रोह,’ उनले भने, ‘देशले थप क्षति बेहोर्न नदिन जनता विद्रोहका लागि सडकमा आउनु अघि नै सहमति गरौं ।’

 

अध्यक्ष लिङदेनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, सिंगो देश एउटा निर्वाचन क्षेत्र मानेर पूर्ण समानुपातिक संसद र सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्थामा जानुपर्ने धारणा राखे ।

अध्यक्ष लिङ्देनले मुलुकमा भ्रष्टाचार संस्थागत भएको, राजनीतिक दलहरू स्वार्थमा लिप्त भएको तथा जनताको अवस्था झनै दयनीय बनेको बताए ।

‘देश यही अवस्थामा रहन्न, विश्व भुराजनीतिक अवस्था मध्यनजर गरेर नेपालमा राजादेखि माओवादी अटाउने नवीन समझदारी गरेर जाऔं,’ लिङदेनले भने, ‘शासन गर्ने होइन, खराब र गलत गर्न नदिने अभिभावकीय भूमिकामा राजा राखौं र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणालीमा जाऔं, प्रधानमन्त्रीको कार्यकाल २ पटक मात्र बनाऔं ।’

 

तर, उनले कांग्रेस–एमाले सुध्रिने आशा भने नरहेको बताए ।

अरुलाई निरंकुश भन्ने कांग्रेस र एमाले आफै निरंकुश भएर पाएसम्म दुई दलीय व्यवस्था ल्याउन चाहेको उनले आरोप लगाए ।

देशको राजस्वले कर्मचारीलाई तलब खुवाउन पनि नपुग्ने अवस्था रहेको उल्लेख गर्दै अध्यक्ष लिङदेनले वडासदस्यदेखि प्रधानमन्त्रीसम्मका ३६ हजार जनप्रतिनिधिलाई विदेशीसँग ऋण लिएर पाल्न नसकिने जिकिर गरे । ‘प्रदेश तह, राष्ट्रिय सभा, जिल्ला समन्वय समितिहरू खारेज नै गर्नुपर्छ, संघीय सांसद र मन्त्रीको संख्या पनि घटाउनु पर्छ,’ लिङदेनले भने ।

 

गणतन्त्रका नाममा अरुलाई निरंकुश भन्ने कांग्रेस र एमाले आफै निरंकुश भएर पाएसम्म दुई दलीय व्यवस्था ल्याउन चाहेको उनले आरोप लगाए । सरकार बनेको ७ महिनासम्म कांग्रेस–एमालेको सरकारले कुनै आशा जगाउने काम नगरेको बरु भ्रष्टाचारलाई ढाकछोप र संस्थागत गर्न, भ्रष्टाचारबाट उन्मुक्ति पाउन बनेको उनले आरोप लगाए ।

 

कांग्रेस र एमालेले अध्यादेशबाट देश चलाउन खोजेको, राष्ट्रिय सभामा दुईतिहाइ बहुमत नपुग्ने भएपछि दल विभाजन गरेर हुन्छ कि सांसद किनेर हुन्छ अध्यादेश पास गर्ने तयारीमा रहेको लिङदेनले आरोप लगाए ।

 

सभामा संघीय सांसदहरू विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, ज्ञानेन्द्र शाही लगायत पार्टीका नेताहरूले सम्बोधन गरेका थिए ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...