View Point Long Banner Ad

आर्यन र केकीसहितको पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा अदालतमा दायर

२७ माघ, काठमाडौं । नेपाली कलाकारहरू केकी अधिकारी, आर्यन सिग्देल, दीपकप्रसाद आचार्यसहितका कलाकारको किटानी जाहेरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले रोशन पराजुलीविरुद्ध केही दिनअघि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

आफ्नो नाम र कागजात दुरुपयोग भएको भन्दै केकी, आर्यन, दीपकसहित अन्य केहीले २०७९ सालमै पराजुलीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा जाहेरी दिएका थिए । पराजुलीले कलाकारको आवरणमा नर्वेमा फिल्म छायांकन गर्छु भन्दै मानव तस्करी गरेको आरोप छ ।

 

फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि केकी र आर्यनसहित १४ जनालाई नर्वे लैजाने भन्दै रोशन पराजुली नामका व्यक्तिले दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । दूतावासले काठमाडौंस्थित पर्यटन बोर्डमा टेलिफोन गरेर बुझेपछि यो प्रकरणको खुलासा भएको थियो ।

लगत्तै केकी, आर्यन र दीपकले फेसबुकमार्फत आफूहरुको संलग्नता नरहेको बताएका थिए । पराजुलीले नेपाल पर्यटन बोर्डको यसका लागि कागजात र हस्ताक्षर कीर्ते समेत गरेको आरोप छ ।

 

 

जिल्ला सरकारी वकिलले केही दिनअघि अदालतमा दायर गरेको अभियोगपत्रमा प्रहरीले यसबारे गरेका अनुसन्धान समेटिएको छ । जसअनुसार, पराजुलीले ब्लुबर्ड प्रालि नामक नक्कली फिल्म कम्पनी खडा गरि नर्वेमा ‘तिम्रो नजर’ भन्ने फिल्म छायांकनको लागि सेन्जेन भिसाको आवेदनको कागजपत्र तयार पारेको उल्लेख छ ।

घटना विवरणको आधारमा प्रतिवादी रोशन पराजुलीले सर्वसाधारण व्यक्तिलाई हानीनोक्सानी पुर्‍याइ लाभ लिनको लागि नेपाल पर्यटन बोर्डको नक्कली पत्र तयार पारि लिखत सम्बन्धी कसुर गरेको समेत पुष्टि हुन आएको अभियोग लगाइएको छ । जसअनुसार १४ जना कलाकारलाई भिसा उपलब्ध गराइदिन भन्दै दुतावासलाई आवेदन दिएको देखिएको उल्लेख छ ।

यसरी भिसा आवेदन दिएका अन्य व्यक्ति गैरकलाकार हुन् । केकीले आफ्नो जाहेरीमा आफ्नो राहदानी नलगी आफ्नो नामबाट आफ्नो भन्दा फरक नम्बर राखेर फिल्म सुटिङका लागि भन्दै नर्वे लैजान लागिएको भन्ने विवरण उल्लेख गरेकी छन् । आर्यनले पनि भिसाको लागि सक्कल राहदानी भीएफएस ग्लोबलमा बुझाएको तर दुरुपयोग भएको बताएका छन् ।

भिसाको लागि आवेदन दिइएको पत्रमा उल्लेखित अन्य व्यक्तिले आफूहरु कलाकार नरहेको र कलाकार बनाएर विदेश लैजान आफूहरुबाट पैसा उठाइएको बयान दिएका छन् ।

सरकारी वकिल कार्यालयले अभियुक्त फरार रहेको र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ बमोजिम पक्राउ पूर्जी जारी गर्न माग गरेको छ । पीडितहरू र नेपाल पर्यटन बोर्डलाई समेत मनासिव क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...