View Point Long Banner Ad

सीके राउतसँग चाँडै पार्टी एकता गर्ने रेशम चौधरीको संकेत

२७ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपा का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै पार्टी एकता हुने संकेत गरेका छन् । डा।बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले जनमत पार्टीसँग एकताबारे बोलेका हुन् ।

‘जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ’, चौधरीले भनेका थिए । पार्टी एकता टुंगिनेबारे रेशमले बताइरहँदा जनमत पार्टीका सभापति डा.सिके राउत त्यही मञ्चमा थिए ।

 

मन्तव्यका क्रममा रेशमले जनमतसँग एकता अगाडि बढिसकेकाले अरू दलहरूलाई पनि एकताको निम्ति आह्वान गरे । नेसपा (नयाँ शक्ति), विवेकशील साझा लगायत वैकल्पिक आवाज उठाइरहेका पार्टीहरूसँग एकता गरेर जान सकिने चौधरीले बताएका थिए ।

स्रोतका अनुसार नाउपा र जनमतबीच एकता प्रक्रिया सकारात्मक निष्कर्षमा रहेकाले नै रेशमले त्यस्तो भाषण गरेका हुन् । ‘नाउपा र जनमतले एकता गरेर जाने भन्ने लगभग सहमति जुटेको छ । कुनै प्रतिकुलता आएन भने चाँडै एकता हुन्छ’, ती स्रोतले भन्यो ।

 

जनमत पार्टीको पर्वी मधेशमा र नाउपाको पश्चिम मधेशमा पकड छ । २०७९ को चुनावमा नवगठित यी दुवै पार्टीले अप्रत्यासित मत पाएर राष्ट्रिय राजनीतिमा आएका थिए ।

प्रतिनिधिसभामा जनमतसँग ६ सिट र नाउपासँग ४ सिट छ । प्रदेशतर्फ सुदूरपश्चिममा नाउपा र मधेशमा जनमत पार्टीको बलियो उपस्थिति छ ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...