View Point Long Banner Ad

नारायणगढबुटवल सडक विस्तारमा तीव्रता, १८ स्थानबाट कालोपत्रको काम सुरु

२१ माघ,काठमाडौंं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारले गति लिएको छ । नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले अहिले उक्त खण्डका विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए ।

‘फेब्रुअरीमा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र गर्ने गरी काम भइरहेको छ,’ उनले भने, ‘पुल र कल्भर्ट रहेका ठाउँबाहेकका सडकमा कालोपत्र गर्नेगरी काम भइरहेको छ ।’

 

पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको जानकारी दिँदै उनले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताए । अब करिब २२ किलोमिटर सडक कालोपत्र सकिएपछि नारायणगढबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने सूचना अधिकारी इन्जिनियर खनालले बताए ।

‘यो महिना दाउन्नेसम्म नै एकतर्फी कालोपत्र गर्ने योजना हो,’ उनले भने, ‘दाउन्ने क्षेत्रमा एक सय तीन वटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले हामी दुम्कीबाससम्म कालोपत्र सक्नेगरी लागेका छौँ ।’

दाउन्नेको साँघुरो सडकमा कल्भर्ट निर्माण गर्दा सवारीसाधन एकतर्फी गर्नुपर्ने अवस्था रहेको भन्दै दाउन्नेसम्म कालोपत्र गर्न केही समय लाग्ने उनको भनाइ छ । सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा पाँच सय ५० जना श्रमिकले काम गरिरहेको उनले जानकारी दिए । हालसम्म सडकको भौतिक प्रगति ५३ दशमलव तीन प्रतिशत रहेको भन्दै उनले एक महिनामा एक दशमलव ४३ प्रतिशत प्रगति भएको बताए ।

 

‘जनवरीमा पाँच किलोमिटर कालोपत्र थपियो, थप १२ किलोमिटर कालोपत्रको तयारी भएको छ,’ उनले भने, ‘गैँडाकोटस्थित नारायणी पुल नजिकै, डन्डा, सिजी, अरुणखोला बजार क्षेत्रमा कालोपत्रका लागि धमाधम काम भइरहेको छ ।’

दुम्कीबासको जंगल क्षेत्रको करिब आठ किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्नेगरी काम भइरहेको खनालले बताए । यस खण्ड निर्माणका लागि ग्लोबल ‘टेन्डर’ मार्फत चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ लाई ठेक्का परेको थियो ।

२२ माघ २०७५ मा सरकार र निर्माण कम्पनीबीच २२ साउन २०७९ भित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । कुल एक सय १४ किलोमिटर सडकलाई गैँडाकोट–दाउन्ने ९६५ किलोमिटर० र दाउन्ने–बुटवल ९४९ किलोमिटर० गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको ‘टेन्डर’ मा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो । ८ चैत २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो ।

निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलोपटक ८ साउन २०८०, दोस्रोपटक ८ साउन २०८१ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीनपटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । आगामी ८ साउनभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रोपटक म्याद थप गरेको छ ।

म्याद थप गरिएको चार महिना काम नै नगरी समय बिताएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि गत डिसेम्बरबाट पुनः काममा फर्किएको थियो । दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गरी दुई–दुई लेनको बीचमा ‘ग्रिनरी’ राखिनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाउने गरी ठेक्का सम्झौता भएको छ ।

सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाइ सातरसात मिटरको हुनेछ । बजार क्षेत्रमा ६र६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७।६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीसाधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२।७ किलोमिटर खण्ड चार लेनको हुनेछभने दाउन्ने खण्डको पाँच किलोमिटर सडक तीन लेनको हुने जनाइएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...