View Point Long Banner Ad

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली लागू भयो भने अमेरिकाबाट नेपालीको भागाभाग हुन्छ ः माधव नेपाल

१५ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली नेपालजस्तो देशका लागि आवश्यक नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

 

‘मेरै धारणा फरक छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिजस्तो घाँडो प्रणालीमा गयो भने के होला देशको हालत रु,’ उनको प्रश्न छ ।

साथै, उनले यो प्रणाली लागू हुँदा नेपालीहरू अमेरिकाबाट भागाभाग हुने पनि जिकिर गरे ।

 

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गयो भने अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग हुन्छ । केही चाहिँदैन । कुनै पनि ठाउँ चाहिँदैन,’ अध्यक्ष नेपालले भने, ‘विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू थाहा पाउनुभएको छैन भने एउटा गोष्ठि राख्नुस् । म सबै विवरण नै दिन्छु । म आफैं त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु ।’

नेपालजस्तो संवेदनशील देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति उपयुक्त हो कि होइन बहस गर्नुपर्ने उनले बताए ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...