View Point Long Banner Ad

अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्ने प्रस्ताव

१५ माघ, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणनामा रातो–कालो मसीका कारण उत्पन्न विवाद अझै समाधान भएको छैन । यही विवादका बीच निर्वाचन आयोगले बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गर्न प्रस्ताव गरेको छ ।

विश्वविद्यालय र विशेष प्रदेश समितिको मतपत्रमा निर्वाचन आयोगले तोकेको रातो मसीको सट्टा कालो मसीबाट पनि भोटिङ भएको खुलेपछि उत्पन्न विवादका कारण सोमबारदेखि नै मतगणना रोकिएको छ ।

बाँकी मतगणना सुरु गर्ने सम्बन्धमा निर्वाचन आयोगले आज अध्यक्षका चारै जना उम्मेदवारहरुसँग संयुक्त छलफल गर्दै लिखित धारणा मागेको छ ।

छलफलको क्रममा हेडक्वाटर (पार्टी अध्यक्ष प्रचण्ड) निकट मानिएका अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा बाहेकका उम्मेदवारहरुले सबैभन्दा पहिले कालो मसी प्रयोग भएका मतपत्र रद्द हुनुपर्ने र रातो मसीलाई मात्र मान्यता दिनुपर्ने अडान दोहोर्‍याएका थिए ।

 

अध्यक्षमा प्रचण्ड निकट सापकोटासहित जनार्दन शर्मा निकट हेमन्त राई, वर्षमान पुन निकट सुदिन पौडेल र नारायणकाजी श्रेष्ठ निकट उपदेश यादव प्रतिस्पर्धामा छन् । छलफलमा सहभागी एक नेताले भने, ‘निर्वाचन आयोगले हामीसँग के गर्ने भनेर सोधेको छ, हामी आफ्ना पूर्ववत अडान लिखित रुपमा राख्ने छौं ।’

नयाँ कार्यसमिति चयनका लागि माघ ११ गते वालमीकि विद्यापीठमा मतदान भएको थियो । सोही दिन रातिदेखि वालमीकि विद्यापीठमै मतगणना भइरहेको छ । विशेष प्रदेश र विश्वविद्यालय प्रदेशबाहेकको मतगणना सम्पन्न हुँदासम्म सापकोटा पहिलो, राई दोस्रो, यादव तेस्रो र पौडेल चौथो स्थानमा छन् ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...