View Point Long Banner Ad

शीतलहर बढेपछि महोत्तरीका १४ स्थानीय तहका विद्यालय बन्द

शीतलहर बढेसँगै महोत्तरीका १४ स्थानीय तहले बर्खे बिदाबाट कट्टा हुने गरी सामुदायिक र संस्थागत विद्यालयमा जाडो बिदा दिएका छन् ।

दिनभरिको हुस्सु र शीतलहरले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै जिल्लाका १५ मध्ये १४ स्थानीय तहले जाडो बिदा दिएका हुन् ।

गौशाला नगरपालिकाले भने बिदा नदिएको नगरका प्रमुख प्रशासकीय अधिकृत सुबोधकुमार ठाकुरले बताए । विभिन्न स्थानीय तहले आ–आफ्नो पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा २२ पुसदेखि १ माघसम्म बिदा दिएका छन् ।

मनरा सिस्वा नगरपालिकाले २४ देखि २९ पुससम्म, पिपरा गाउँपालिकाले २२ देखि २९ पुससम्म, महोत्तरी गाउँपालिकाले २४ देखि २६ पुससम्म, एकडारा गाउँपालिकाले २४ पुसदेखि १ माघसम्म, जलेश्वर नगरपालिकाले २३ देखि २९ पुससम्म, भंगहा नगरपालिकाले २४ देखि २९ पुससम्म, मटिहानी नगरपालिकाले २२ देखि २९ पुससम्म, लोहारपट्टी नगरपालिकाले २२ देखि १ माघसम्म, बल्वा नगरपालिकाले २३ देखि २९ पुससम्म, सम्सी गाउँपालिकाले २४ देखि २९ पुससम्म, सोनमा गाउँपालिकाले २४ देखि २९ पुससम्म, औरही नगरपालिकाले २५ देखि २९ पुससम्म, रामगोपालपुर नगरपालिकाले २४ देखि २९ पुससम्म र बर्दिवास नगरपालिकाले २५ देखि २९ पुससम्म जाडो बिदा दिएका छन् । शीतलहर बढेपछि बर्दीवास र रामगोपालपुर नगरपालिकाले दैनिक ज्यालादारी गर्ने र विभिन्न कारण घरबाट निस्कनुपर्नेका लागि चोक तथा बस्तीमा सामूहिक घुर (आगो ताप्ने) व्यवस्था गरेका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...