View Point Long Banner Ad

राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्छ ः वरिष्ठ उपाध्यक्ष पोखरेल

 

काठमाडौं । नेपाल पत्रकार महासंघले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ज्ञापन पत्र प्रदान गरेको छ । बुधबार एक विशेष समारोहकाबीच नवनिर्वाचित सदस्यहरलाई बधाई तथा ज्ञापन पत्र प्रदान गरिएको हो ।

उक्त बधाई तथा ज्ञापन पत्र कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भए राज्य कमजोर हुने बताएका छन् । उनले राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘वास्तवमा पोलिटिकल क्षेत्रका मान्छेहरुले सञ्चार क्षेत्रमा गलत सूचना सुशुचित भएको भनिरहेका हुन्छन् । तर यसमा सञ्चार क्षेत्रले जवाफदेही हुनुपर्छ । यदी यस्तो भएन भने सञ्चार क्षेत्रको विश्वसनियता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनियता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भयो भने राज्य कमजोर हुन पुग्छ । यो नहोस् भन्नका लागि पूर्ण ढंगले भूमिका सबैले खेल्नुपर्छ ।’
साथै, उनले राजनीतिक क्षेत्रमा देखा परेका विकृति, विसंगतिहरु सञ्चार क्षेत्रले सकारात्मक तरिकाले कलम चालेर समाधमा गर्नुपर्ने बताए । उनले राष्ट्रिय मुद्दाहरुमा कांग्रेस र एमाले विगतमा पनि मिल्ने गरेको स्मरण गरेका छन् ।

यसैगरी, उक्त कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथी हुने आक्रमणलाई रोक्नको लागि सधैं तत्पर रहने बताएकी छन् ।

उनले हरेक व्यवसायी पत्रकारहरुको लागि कहिले कलम डगमगाउन नदिन आफूहरु प्रयत्नशिल रहेने बताएकी हुन् ।
उनले भनिन् ,‘मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथी हुने आक्रमणलाई रोक्नको लागि सधैं तत्पर रहने छौं । हरेक व्यवसायी पत्रकारहरुको लागि कहिले कलम डगमगाउन नदिन आफूहरु प्रयत्नशिल रहेर काम गर्ने छौं । ’

साथै, उनले मिडिया बलियो नभए लोकतन्त्र बलियो नहुने बताइन् । उनले सकारात्मक परिवर्तनका लागि पत्रकार महासंघ सधैं लोकतन्त्र र राज्यको लागि दरिलो खम्बा बनेर

अगाडि बढ्ने बताइन् ।

 

 

 

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...