View Point Long Banner Ad

यू–१९ एसिया कपः नेपाल र बंगलादेशको सुपर–४ खेलमा वर्षा बन्यो बाधक

काठमाडौं । मलेसियामा जारी एसीसी महिला यू–१९ एसिया कपअन्तर्गत सुपर–४ को अन्तिम खेलमा वर्षा बाधक बनेको छ।

सुपर– ४ को अन्तिम खेलमा नेपाल र बंगलादेशबीचको खेल क्वालालम्पुरस्थित वायोमास ओभल क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान पौने १२ बजे सुरु हुनुपर्ने थियो।

तर वर्षाका कारण यो खबर बनाउँदासम्म टससमेत हुन सकेको छैन।

नेपाल आजको खेलमा बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन चाहन्छ। तर वर्षा बाधक बनेर दुई टोलीले अंक बाँडेको अवस्थामा नेपाल फाइनल पुग्नबाट वञ्चित हुनेछ।

सुपर ४ मा नेट रनरेटमा नेपालभन्दा बंगलादेश अघि छ। त्यसैले अंक बाँड्दा पहिलोपटक एसिया कप खेलेको महिला टोली फाइनल पुग्नबाट वञ्चित हुनेछ।

सुपर ४ बाट भारतले फाइनलमा स्थान बनाइसकेको छ। भारत ४ खेलबाट ७ अंक बनाई शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।

समान ३ खेलबाट बंगलादेश र नेपालको ४ अंक छ। अंक तालिकामा बंगलादेशको नेट रनरेट १।९०७ छ। नेपालको ०।३२६ छ। श्रीलंकाको ३ अंक छ।

भारत र नेपाल समूह एको विजेता र उपविजेता बन्दै सुपर ४ मा पुगेका हुन्। बंगलादेश र श्रीलंका समूह बीबाट सुपर ४ मा आएका हुन्।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...