View Point Long Banner Ad

कार पुरस्कार कसले जित्लान् ? यी हुन् दाबेदार तीन खेलाडी

५ पुस, काठमाडौं । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएल को दुई फाइनलिस्ट बनेपछि अब उपाधि कसले जित्ला भन्ने अनुमान हुन थालिसकेको छ । कोही सुदूरपश्चिम हावी हुन्छ भनिरहँदा कोहीले जनकपुरले तेस्रो भेटमा बदला लिन्छ भनिरहेका छन् । विजेताले अहिलेसम्मकै धेरै नगद पुरस्कार राशी १ करोड १० लाख पाउने छन् । जुन अर्को चर्चाको विषय बनेको छ ।

त्यसबाहेक उत्कृष्ट नेपाली खेलाडीले ओमोडाको कार पुरस्कार पाउनेछन् । र अहिले त्यो कार पुरस्कार कसले पाउला भन्ने पनि धेरैको चासोको विषय बनेको छ ।

नेपाल क्रिकेट संघ -क्यान_ले लिग सुरु हुनु अघि नै शारदा ग्रुपसँग एनपीएकको ‘ड्रिभन बाई’को रुपमा ओमोडा एण्ड जेइको सँग सम्झौता गर्दै प्लेअर अफ दि सिरिज हुने नेपाली प्लेअरलाई कार पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।

नेपाली राष्ट्रिय टिम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पाउलान वा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पाउलान् वा जनकपुर बोल्ट्सका स्पीनर ललित राजवंशीले चढ्लान् त कार ?

 

लिग र चरण र प्लेअफका तीन खेल भइसक्दा चर्चामा रहेका यिनै खेलाडी कारको दाबेदारको रुपमा छ ।

लिग चरणमा रोहितले सर्वाधिक रन बनाएका थिए तर उनको टिम लायन्स समूह चरणबाटै बाहिरियो । लुम्बिनीले हारिरहँदा पनि कप्तान रोहितले ब्याट र बलबाट योगदान दिइरहेका थिए । उनकै अलराउण्ड प्रदर्शनमा लुम्बिनीले एक खेल मात्र जितेको थियो । अझै पनि नेपाली खेलाडीमध्ये धेरै रन बनाउनेमा रोहित नै सबैभन्दा अघि छन् ।

यसबाहेक दीपेन्द्रले बल र ब्याट मात्र नभई मैदानमा नेतृत्व गर्नेदेखि फिल्डिङ पनि उत्कृष्ट गर्दै सबै क्षेत्रमा लिड लिएर आफ्नो टिमलाई पहिलो फाइनलिस्ट बनाए ।

यसबाहेक जनकपुरको फाइनल यात्रा योगदान धेरै दिने नेपाली खेलाडीमा रहेका छन् ललित राजवंशी । उनले स्पीनबाट योगदान दिइरहेका छन् । ललितले सुदूरपश्चिमका स्कट कुगेलेइनसँगै सर्वाधिक १६ विकेट लिएका छन् ।

जनकपुरका विदेशी खेलाडीहरु नै हावी बन्दा बलिङमा ललित र किशोरको जोडी जमिरहेका छन् ।

 

सुदूरपश्चिमलाई फाइनल पुर्‍याउन नेतृत्व गर्नेका साथै मैदानमा सबै क्षेत्रमा छाएका दीपेन्द्र सिंह ऐरी कारको दाबेदारको रुपमा छन् । कप्तान भए पनि विना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ बलिङ र फिल्डिङ जता पनि तयार हुने खेलाडी हुन् । क्वालिफायर वान मा सुदूरले जनकपुरलाई हराएपछि प्लेअर अफ दि म्याच बनेका सुदूरका खेलाडी विनोद भण्डारीले पनि दीपेन्द्र नै अहिले बेस्ट प्लेअर भएको बताएका थिए ।

दीपेन्द्रले ८ खेलमा १ अर्धशतक बनाएका छन् । उनले पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ४७ रन बनाउँदै प्लेअर अफ दि म्याच बनेका थिए । त्यसपछि उनले टिमको अवस्था अनुसार ब्याटिङ पोजिसन चेन्ज गरेर ब्याटिङ गरे । काठमान्डु गुर्खखाज विरुद्ध ४३ रन बनाएका उनले लुम्बिनीविरुद्ध अविजित ४३ रन जोडे । चितवन विरुद्ध १ रनमा आउट भएका उनले जनकपुरविरुद्ध खाता खोल्न सकेनन् । पोखरा विरुद्ध २०, कर्णाली विरुद्ध ३८ रन बनाए । क्वालिफायर वान मा जनकपुर विरुद्ध २० रन बनाएका थिए । साथै उनले जनकपुरविरुद्ध ३ विकेट समेत लिए जुन उनको बेस्ट बलिङ फिगर समेत हो । दीपेन्द्रले बलिङमा कुल ८ विकेट लिएका छन् ।

ललितको मुख्य काम विकेट लिने, विपक्षीलाई कम स्कोरमा रोक्न सहयोग गर्ने र टिमलाई जिताउने हो । उनी सुरूवातदेखि नै जनकपुरको मुख्य विकेट-टेकरको रुपमा रहेका छन् ।

स्पीनमा ललित र मिडियम पेसमा किशोर महतोले उत्कृष्ट प्रदर्शन गर्दै जनकपुरलाई सुरूवाती चार खेलमा लगातार जिताउन सहयोग गरे । ललितलाई मोहम्मद मोहसिन र हर्श थाकरले स्पीनमा सहयोग गरेका थिए ।

ललितले एक खेलबाहेक सबैमा विकेट लिएका छन् । चाहिएका बेला पनि नयाँ बल देखि जुन बेला पनि बलिङ गर्दै विकेट लिन सक्छन् ।

एनपीएलमा स्पीनरमध्ये सबैभन्दा अघि र सर्वाधिक विकेट लिनेमा पनि अघि छन् । जनकपुरलाई फाइनल पुर्‍याउन बलिङबाट राम्रो योगदान दिइरहेका छन् ।

जनकपुर बोल्ट्सका ललित राजवंशीले सुदूरका स्कट कुगेलेनसङ्गै १६ विकेट लिएर सर्वाधिक विकेट लिनेमा अघि छन् । फाइनलमा कसले धेरै विकेट लिने भन्ने होड पनि कायम छ ।

यस्तै कारको पुरस्कारमा पनि ललितको दाबेदारी छ । उनले अहिलेसम्म ९ खेल खेल्दा एक खेलमा मात्र विकेट लिन सकेनन् । त्यो खेल सुदूरपश्चिम विरुदध नै थियो ।

लिगमा विराटनगर, पोखरा र काठमान्डु विरुदध ३-३ विकेट लिएका ललितले चितवनसँग र क्वालिफायर टु मा कर्णालीसँग समान २ विकेट लिए । यस्तै लिगमा कर्णाली र लुम्बिनी सहित क्वालिफायर वानमा सुदूरविरुद्ध समान १ विकेट लिएका थिए । काठमान्डु विरुदध ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चेर ३ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो ।

 

लिग चरणलाई मात्र हेर्ने हो भने रोहितको प्रदर्शन सानदार रह्यो । भलै उनको टिमले धेरै खेल जित्न सकेन । तर उनले सक्दो कोसिस गरे । पहिलो खेलमा बलिङ नगर्दा ठूलो स्कोर बनाएर पनि खेल गुमाए ।

त्यसपछिका खेलमा भने उनले पनि बलिङ गर्न थाले । रोहितले रन बनाउने मत्र नभई विकेट लिने समेत काम गरे । नेपाली टिमका कप्तान रोहित एनपीएलको पहिलो संस्करणमा कारको पनि दाबेदार हुन् ।

उनले दुई अर्धशतक समेत बनाएका छन् । चितवन विरुद्ध एकै खेलमा अर्धशतक र ४ विकेट लिएर प्लेअर अफ दि म्याच बने ।

रोहितले पोखरा विरुद्ध सर्वाधिक ९५ रन बनाएका थिए भने चितवन विरुद्ध ८० रन बनाएका थिए । यस्तै चितवन विरुद्धको जितमा उनले ४ विकेट समेत लिएका थिए ।

यसैगरी विराटनगर विरुद्ध ४६, जनकपुर विरुदध ३५ रन बनाउँदा कर्णाली विरुदध १०, काठमान्डु विरुदध ८ र सुदूरपश्चिम विरुदध ८ रनमा आउट भएका थिए । ७ मध्ये ६ खेलमा बलिङ गरेका उनले ४ खेलमा विकेट लिएका थिए । चितवनविरुद्ध ४/१७ उनको बेस्ट बलिङ प्रदर्शन हो ।

यस बाहेक एलमिनेटरबाट बाहिरिएका कुशल मल्ल नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउनेमा दोस्रोमा छन् । उनले उक अर्धशकका साथ २२३ रन बनाएका छन् । यस्तै बलिङमा उत्कृष्ट प्रदर्शन गरेका चिवनकै लेफ्ट आर्म मिडियम पेसर रिजन ढकालले १३ विकेट लिएका छन् । कर्णालीका ट्यालेन्ट हन्टबाट आएका युवा स्पीनर विपिन प्रसाद शर्माले पनि १३ विकेट लिएका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...