View Point Long Banner Ad

नेपालमा लगानी गर्न भारतका निजी क्षेत्र र व्यवसायीलाई परराष्ट्रमन्त्री देउवाको आग्रह

५ पुस, नयाँदिल्ली । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका विभिन्न क्षेत्रमा लगानी बढाउन भारतका निजी क्षेत्र र व्यवसायीलाई आग्रह गरेकी छन् । उनले सडक, रेलमार्ग, जलविद्युत्, केबल कार, अन्तर्राष्ट्रिय विमानस्थल, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन् ।

नयाँ दिल्लीमा आयोजित नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भनिन्, ‘भारत पहिल्यै नेपालमा ठूलो वैदेशिक लगानीकर्ता मध्ये एक हो, हामी भारतीय निजी क्षेत्र र उद्यमीहरुलाई नेपालमा सजिलै उपलब्ध हुने लगानीका अवसरहरुको लाभ उठाउन प्रोत्साहित गर्छौं ।’

नेपालका कृषि, पर्यटन, खेलकुद, सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफलको सम्भावना रहेको समेत उनले बताएकी छन् ।

‘भारतका चेन होटलहरु नेपालमा आएका छन्, नेपाल र भारतबीच क्रस–बोर्डर डिजिटल ट्रान्जेक्सनमा पनि उत्साहजनक प्रगति भएको छ’, उनले भनिन्, ‘यस्तोमा हामी दुवै देशका पर्यटक, व्यवसायी, विद्यार्थी, तीर्थयात्री र यात्रीहरुको सुविधाका लागि अन्तरदेशीय होटल नेटवर्क र डिजिटल प्रणालीको सञ्चालनमा प्रतीक्षारत् छौं ।’

उनले नेपालले लुम्बिनी र पोखरामा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल समेत बनाएको भन्दै यसको पूर्णतः सञ्चालनका लागि सहयोग समेत मागेकी छन् ।

‘हामीले यी विमानस्थलहरु उच्च लागतमा निर्माण गरेका छौं र तिनीहरुलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन हाम्रा नजिकका मित्र र छिमेकीको सहयोग चाहन्छौं’, उनले भनिन्, ‘हामी भारतको निजी हवाई सेवा सञ्चालकबाट यी दुई विमानस्थलमा सेवा सुरु गर्नका लागि सहयोग खोज्दैछौं ।’

यसले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध मात्र नभइ, दुई देशको जनस्तरमा रहेको सम्बन्धलाई पनि मजबुत बनाउने बताइन् । ‘नेपाल सरकारले यस्ता सेवाका लागि विदेशी विमान कम्पनीहरुलाई विभिन्न प्रोत्साहन पनि प्रदान गरिरहेको छ’, उनले थपिन्, ‘नेपालले भारतमार्फत थप हवाई मार्गका पनि माग गर्दै आएको छ, जसले पर्यटन तथा समग्र अन्तरदेशीय सञ्जाल निर्माणमा ठूलो फाइदा पुर्‍याउनेछ ।’

उनले नेपालले राजनीतिक रुपमा ऐतिहासिक रुपान्तरण गरेर देशमा शान्ति र लोकतन्त्र संस्थागत गरेको भन्दै अब मुलुकको प्राथमिकता तीब्र सामाजिक र आर्थिक विकास भएको बताइन् ।

‘जनतालाई शान्ति र समृद्धि सुनिश्चितता गर्न सकियोस् भनेर हाम्रो अबको प्राथमिकता भनेको सामाजिक र आर्थिक वृद्धिको सुनिश्चिचता गर्नु हो,’ उनले थपिन् ।

परराष्ट्रमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा काठमाडौं भ्रमणमा आउँदा दुई देशबीचको सम्बन्ध कागजको नभइ दिलको भएको बताएको स्मरण गराउँदै उनले भारत र नेपाल अत्यन्तै आत्मीय मित्रहरु भएको बताइन् ।

यस्तोमा भारतले छिमेक पहिले नीति अन्तरगत नेपाललाई प्राथमिकता दिएको भन्दै उनले धन्यवाद समेत दिइन् । परराष्ट्रमन्त्री राणाले दुई देशबीचको सम्बन्धमा कतिपय यस्ता विषय हुने जसमा दुई देशबीच उच्च तहमा हुने औपचारिक संवादका क्रममा कुरा गर्न नसकिने उल्लेख गरिन् ।

‘तर, नेपाल भारत आर्थिक सम्मेलन जस्ता मञ्चहरुले ती विषयमा कुराकानी गर्न, प्रगति गर्न सहयोग पुर्‍याउँछ’, उनले थपिन् ।

त्यसैले नेपाल र भारतबीच यो तहको संवाद सुरु हुनु एकदमै राम्रो विषय भएको भन्दै उनले क्षेत्रीय स्तरमा अरु देश पनि यस्ता सम्मेलनमा संलग्न भए अझ राम्रो हुने बताइन् । ‘यो विषय नेपाल र भारतको प्राथमिकतामा रहेकोमा म एकदमै खुशी छ’, उनले भनिन् ।

दिल्लीको ‘इण्डिया इन्टरनेश्नल सेन्टर’मा भइरहेको सम्मेलनको आयोजना काठमाडौं विश्वविद्यालयको नेपाल सेन्टर अफ कन्टेम्पोररी स्टडिज र भारतको फाउन्डेसन अफ इकोनमिक ग्रोथ एण्ड वेलफेयरले गरेको हो ।

परराष्ट्रमन्त्री देउवाको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा भारतको नीति आयोगका सदस्य अरविन्द भिरमानी, फाउन्डेसन अफ इकोनमिक ग्रोथ एण्ड वेलफेयका सीईओ डा। चरण सिंह, काठमाडौं युनिभर्सिटीका रजिष्ट्रार डा.अच्युत वाग्ले, भारतका लागि पूर्वनेपाली राजदूत डा.लोकराज बराल लगायत सहभागी छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...