‘ह्याक’ भयो मौसम पूर्वानुमान महाशाखाको वेबसाइट
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट mfd.gov.npह्याक भएको छ।
मौसम महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले गएरातिदेखि वेबसाइट ह्याक भएको जानकारी दिइन्।
‘गएरातिदेखि हाम्रोे बेवसाइट ह्याक भएको छ’, सोमबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘हाम्रो आईटी सेक्सनबाट बनाउने प्रयास भइरहेको छ।’
समय समयमा यस्तो हुने गरेको उनले बताइन्।
महाशाखाले mfd.gov.np वेबसाइटबाट दैनिक मौसमबारे जानकारी दिन्थ्यो। तर आज बिहानदेखि यो खुलेको छैन।
खोल्दा यस्तो आउँछ

तर महाशाखाको नयाँ बेवसाइट dhm.gov.np/mfd भने सञ्चालनमै रहेको जानकारी मौसमविद् मानन्धरले दिइन्।
वि.सं.२०८१ पुस १ सोमवार ११:३४
















