कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक बोलाएको छ। कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं काठमाडौँ महानगरपालिकाका मेयर पीएल सिंहको निधनप्रति शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बोलाएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
बैठक सोमबार बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको विश्वकर्माीले बताए।
सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो। ८५ वर्षीय सिंह लामो समयदेखि अल्सरबाट पीडित थिए।
पूर्वमन्त्रीसमेत रहेका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहका प्रमुख सहयोगी भएरसमेत काम गरेका थिए।
२०४९ मा स्थानीय निर्वाचन जितेर सिंह काठमाडौँ महानगरपालिकाका मेयर बनेका थिए।
वि.सं.२०८१ पुस १ सोमवार ११:२६
















