View Point Long Banner Ad

सहकारी प्रकरणमा रविबारे प्रचण्डको टिप्पणी दुर्भाग्यपूर्ण ःगृहमन्त्री लेखक

 

गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछाने माथि गरेको पछिल्लो टिप्पणी दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रचण्डको टिप्पणी अदालत र देशको कानुनलाई प्रभावित बनाउने खालको भएको बताए ।

सरकारले कसैमाथि पनि प्रतिशोधपूर्ण व्यवहार नगरेको दाबी गर्दै गृहमन्त्री लेखकले कानुनले तोकेको समयभन्दा बढी कसैलाई पनि थुनामा नराखेको र अदालतले दिएको समयभित्र अनुसन्धान गरी अदालतमा नै पेस गरेको बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले केही समय अगाडि सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने माथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्तिलाई गृहमन्त्री लेखकले न्यायिक प्रकृयालाई प्रभावित गर्ने र अनुसन्धानलाई अवरुद्ध गर्ने प्रयत्नका रूपमा अर्थाए ।

चितवनको भरतपुरमा २५ मंसिरमा भएको कोण सभामा पनि उनले लामिछानेको बचाउ गर्दै सरकारले एकपक्षीय रूपमा व्यवहार गरेको बताएका थिए । चितवनबाट पोखरा लैजाँदा लामिछाने माथि अमानवीय व्यवहार गरिएको भनेर गरिएको आलोचनामा कुनै पनि सत्यता नरहेको गृहमन्त्री लेखकको प्रष्टीकरण थियो ।

‘२ कात्तिकमा पक्राउ पर्दा उहाँ आफैंले गाडीमा राति नै पोखरा जान्छु भन्नुभयो, प्रहरीले जहाजमा लैजान्छु भन्दा मान्नु भएन, काठमाडौंबाट राति पोखरा जाँदा ठिक हुने, चितवनबाट पोखरा जाँदा अमानवीय व्यवहार भयो भन्नुमा कुनै सत्यता छैन,’ गृहमन्त्री लेखकले भने, ‘प्रहरीले लामिछाने माथि कुनै पनि अमानवीय व्यवहार गरेको छैन, हरेक नागरिकको मानव अधिकारप्रति सरकार सचेत छ, कसैलाई पनि फरक व्यवहार गर्दैन । ’

सहकारी ठगीमा संलग्न भएका, फरार रहेका र विदेश गएकाहरूलाई समेत सरकारले धमाधम पक्राउ गरिरहेको भन्दै अनुसन्धानको पाटोमा कसैलाई पनि नछाडिने बताए ।

आफ्नै पार्टी उपसभापति धनराज गुरुङ माथि सहकारी ठगी प्रकरणमा किन अनुसन्धान भएन भन्ने पत्रकारहरूको प्रश्नमा गृहमन्त्री लेखकले धनराज माथि अनुसन्धान भइरहेको बताए ।

‘सहकारीमा ठगी गर्ने, अपचलन गर्ने, अपराध गर्ने सबैका माथि अनुसन्धान हुन्छ, कसैको पनि अनुहार हेरेर छुट दिइँदैन,’ गृहमन्त्री लेखकले भने, ‘सहकारी ठगीको आरोपमा पार्टीका उपसभापति माथि पनि बयान लिने बुझ्ने काम भइरहेको छ ।’

सहकारी ठगीका मुख्य आरोपी जीबी राईलाई कहिले पक्राउ पर्छन् भन्ने पत्रकारको अर्को प्रश्नमा गृहमन्त्री लेखकले जीबीलाई पक्राउ गरेर नेपाल ल्याउने काममा सरकार लागि परेको बताए । तर, राई कुन देशमा लुकेका छन् भन्ने प्रश्नको जवाफ गृहमन्त्रीले दिएनन् ।

सहकारी पीडितहरूको बचत रकम फिर्ताका लागि सरकारले ठोस योजना तयार गरिरहेको भन्दैं त्यसलाई चाँडै नै सार्वजनिक गरिने बताए ।

सबै दलको सहमतिमा संविधान संशोधन गृहमन्त्री लेखकले संविधान संशोधनको मुख्य एजेन्डासहित गठन भएको अहिलेको सरकार संविधान संशोधनका लागि प्रस्ताव तयार गर्ने क्रममा रहेको जानकारी दिए ।

उनले दुई ठूला दलले मात्रै नभई सबै दलहरूको साथ र सहयोगमा संविधानमा नमिलेका विषयवस्तुलाई मिलाउने गरी संविधान संशोधन गरिने बताए ।

संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलतालाई फुकाउने गरी संविधान संशोधन गरिने उनको भनाइ छ ।

अहिलेको सत्ता गठवन्धनमा कुनै समस्या नरहेको बताउँदै गृहमन्त्री लेखकले निश्चित उद्देश्यका साथ बनेको अहिलेको गठवन्धन आगामी निर्वाचनसम्म जाने दाबी गरे ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...