View Point Long Banner Ad

सहकारी ठगी प्रकरण ः सांसद पत्नीसँगै वडाध्यक्ष पनि फरार

 

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका– ३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा वडाध्यक्ष सन्तलाल खवास पनि मुछिएका छन् ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा २७ मंसिरमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । २८ मंसिरमा जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

अन्य आरोपी भने प्रहरीको फरार सूचीमा छन् । यो सूचीमा रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ४३ वर्षीय सन्तलाल खवास पनि छन् । उनी सहकारीको पूर्वउपाध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए । प्रहरीले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

उमागौरी सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ अनुसार कारवाहीको माग गरिएको छ ।

यो सहकारी संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलसँग नजिक रहेका उनका कार्यकर्ता धनपालथान–४ घर भइ विराटनगरको शान्तिचोक बस्दै आएका शम्भुप्रसाद रौनियारले खोलेका थिए ।

सहकारीमा पोखरेलले आफ्नी श्रीमती अञ्जलालाई सञ्चालक समितिमा राखेका थिए । शिक्षण पेशामा रहेका कारण उनले सहकारीको काममा समय दिन पाएकी थिइनन् । स्रोतका अनुसार रौनियारले पोखरेलसँगको सल्लाहमा सहकारीको काम गर्थे । सहकारीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको छ । यस्तो ऋणका लागि सहजीकरण पनि पोखरेलले गरेको उनी निकट स्रोत बताउँछ ।

तर, पछिल्लो समय भने सहकारीका अध्यक्ष रौनियार र पोखरेलको सम्बन्ध बिग्रिएको छ ।

सांसद पत्नी कोइरालाले सहकारी संकटमा परेपछि ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । तर उनी सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडीसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइराला कालोसूचीमा छिन् । उनले कालोसूची हटाउन माग गर्दै अदालतमा दिएको मुद्दा विचाराधीन छ ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।

उजुरीका लागि सार्वजनिक आह्वान पनि भएको थियो । आह्वान गर्दा २० जना ऋणीले आफूहरू ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका छन् । महिला उद्यमशील कर्जाका नाममा सदस्यको कागजात संकलन गरी सहकारीले नबिल बैंकबाट ऋण निकालेर सहकारीले थोरै मात्रै सदस्यलाई दिने गरेको थियो ।

सदस्यले ऋणको किस्तावापत सहकारीमा बुझाएको रकम बैंकमा दाखिला नगरी सञ्चालक आफैंले प्रयोग गरेका थिए । सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ ।

‘सफ्टवेयरमा रहेको अभिलेख अनुसार ७०७ जना ऋणीहरूले २४ करोड ३० लाख २२ हजार ५३४ संस्थाबाट ऋण लिएकोमा हालसम्म ८ करोड १३ लाख ६४ हजार ७०१ ऋण उठेको र १६ करोड १६ लाख ५७ हजार ८३२ ऋण उठ्न देखिन्छ,’ सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा भनिएको छ, ‘तर उक्त ऋणहरूको सम्बन्धमा जाहेरी तथा निवेदन समेतको व्यहोराबाट उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमशिल कर्जा शिर्षकबाट ऋण उपलब्ध गराउने भनी तमसुक बनाएर धितोको लागि ऋणीहरूले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नबिल बैंक लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकमभन्दा आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराई आधा रकम आफैंले खाईरमासी हिनामिना गरेको कारण हाल सफ्टवयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाइन्छ ।’

सहकारी संस्थाले सेवा केन्द्र विस्तार गर्ने अनुमति समेत नलिई अमरदह, आमबारी, रमाइलो लगायतका ठाउँमा शाखा विस्तार गरेको थियो ।

सहकारी ठगी प्रकरणमा प्रहरीले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पक्राउ गरेको छ । धनपाल थान गाउँपालिका– ४ का पूर्व वडाध्यक्ष राजवंशीले प्रहरीको बयानमा सहकारीबाट आफैं पीडित भएको बताएका छन् ।

केही दिनअघि आफू पीडित भएको दाबी गरेका थिए । सहकारीले ठगिएकाहरूबाट निवेदन आह्वान गरेपछि राजवंशीले पनि निवेदन दिएका छन् ।

सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले राजवंशीको आमाको नाममा रहेको घरजग्गा बैंकमा धितो राखेर ८० लाख रुपैयाँ ऋण निकालेर प्रयोग गरेका छन् ।

ऋण माग गर्दै सहकारीमा गएपछि आफूलाई सहकारीको सञ्चालक बनाएको दाबी गर्दै राजवंशीले आमाको नामको जग्गा राखेर २०७३ सालमा सिभिल बैंकबाट ८० लाख रुपैयाँ ऋण निकालेको र आफूलाई ३० लाख मात्रै दिएको दाबी गरेका छन् ।

‘सम्मानित अदालतबाट पक्राउ अनुमती लिएको भन्ने जानकारी प्राप्त भएकोले म मिति २०८१र०८र०२ गते सहकारी ठगी मुद्दामा आफैं पीडित भएको हुनाले प्रहरी अनुसन्धानमा आवश्यक सहयोग पुर्‍याउनका लागि म निवेदनसाथ आफैं उपस्थित भएको हुँ,’ उनले भनेका छन्, ‘‘सहकारी संस्थाको रकम हिनामिना गर्ने कार्यमा मेरो कुनै संलग्नता नभइ हिनामिना गर्ने सम्पूर्ण कार्य प्रतिवादी शम्भुप्रसाद रौनियारको हुनुपर्छ ।’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...