एकै परिवारका ६ जनाको हत्या, प्रहरी घटनास्थल तर्फ
संखुवासभा ,२१ भदौ
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षकले जानकारी दिएका दिए ।
मंगलबार विहान छिमेकीले सबैलाई मृत अवस्थामादेखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानिय ५८ वर्षीय तेजबहादुरकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दिपक कार्की र नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय एक शिक्षकले जानकारी दिए ।
घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीको टोली घटना स्थल मादी तर्फ लागेको छ ।
थप विवरण आउन बाँकी रहेको छ ।
वि.सं.२०७८ भदौ २१ सोमवार १३:१७
















